site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सीको भ्रमणलाई लिएर भारतमा पनि सुरक्षा कडा, भव्य स्वागतको तयारी
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । चीनका राष्ट्रपति सी जिनपिङले भोलि शुक्रबारदेखि गर्न लागेको भारतको भ्रमणलाई लिएर त्यहाँको सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको छ । 

उनी भारतको तमिलनाडुको चेन्नई भ्रमण गर्दैछन् । सयौं विद्यार्थी र नृत्यंगनाहरुले सांस्कृतिक कार्यक्रम गर्नको लागि अहिले  रिहर्सल गरिरहेको पाइएको छ । मन्दिर र अन्य मोनुमेन्टहरुमा पर्यटकलाई जान दिइएको छैन ।

कतिपय मन्दिर अक्टोबर १ देखि नै बन्द गरिएका छन् । दुई हप्ताका लागि स्थानीय सबै खालका व्यवसायहरु बन्द गरिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मामलापुरमममा नगरपालिकाका कर्मचारी शहरका संरचनाहरुलाई सजाउन लागिपरेका छन् । शहरको अनुहार बदल्ने प्रयास गरिएको छ ।

बे अफ बंगालको छेउछाउमा सुरक्षा व्यवस्था कडा गरिएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्थानीय बीचसाइड रिसोर्टमा दुईपक्षीय अनौपचारिक वार्ता हुने कार्यक्रम रहेको छ । 

Global Ime bank

तमिलनाडु प्रहरीले ८ हजार प्रहरीलाई सीको सुरक्षाका लागि खटाएको छ । स्थानीय आइटिसी ग्रान्ड चोला होटलमा सुरक्षा व्यवस्था कडा पारिएको टाइम्स अफ इण्डियाले जनाएको छ । जहाँ चिनियाँ प्रतिनिधिमण्डल बस्नेछ । 

चीनका राष्ट्रपतिलाई स्वागतका लागि फ्लेक्स तथा ब्यानर राख्नका लागि मद्रास उच्च न्यायालयले स्थानीय सरकारलाई गएको विहीबार अनुमति दिएको थियो । 

तमिलनाडु सरकारले कुल ४१ ब्यानर शहरका विभिन्न भागमा लगाउने तयारी गरेको छ । 

(एजेन्सीहरु)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC