आयरल्यान्डविरुद्ध जितका लागि नेपाललाई १४६ रन आवश्यक

आयरल्यान्डविरुद्ध जितका लागि नेपाललाई १४६ रन आवश्यक

काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा जितका लागि नेपालले १४६ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा १४५ बनाएको हो ।

आयरल्यान्डका लागि पल स्टर्लिङले अर्धशततकीय पारी खेले । उनले ४७ बल खेलेर सर्वाधिक ५९ रन बनाए । यसैगरी एन्डि बालबिनीले ३८ रन बनाए । 

नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोहोराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट तथा ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । यसैगरी करन केसीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट दिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । पहिलो दुई खेल विजयी नेपाल तेस्रो जितको खोजीमा छ ।

प्रतिकृया दिनुहोस
ad