site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हिरासतमा महराका तीन दिन : न नेता-कार्यकर्ता भेट्न आए, न टीका लाए
Sarbottam CementSarbottam Cement

प्रतिकात्मक तस्बिर


काठमाडौं । देशभर उमंगका साथ दसैं मनाइरहँदा महाअष्टमी (आइतबार) साँझ कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगे ।

त्यसो त विभिन्न कसुरमा दैनिक रुपमा थुप्रै आरोपित पक्राउ पर्छन् र प्रहरी हिरासतमा पुर्याइन्छन् । तर, महराको चर्चा भने बढी हुन पुग्यो । कारण– महरा निवर्तमान सभामुख हुन् र बहालवाला सांसद । संसद् सचिवालयकै एक कर्मचारीमाथि यौन दूराचारको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा दिएका थिए । तर, सभामुखको सरकारी निवास छाडेका थिएनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आरोप लागेको एक सातापछि आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो । दुई दिन अघिमात्र उनीमाथि उजुरी परेको थियो । 

दसैंको भोज चलिरहँदा आइतबार साँझ महरालाई लिन निवासमा पुग्यो प्रहरी । सोही दिन अदालतले महरालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइसकेको थियो । 

Global Ime bank

प्रहरीको गाडीमा बस्न अस्वीकार गरेका महरा आफ्नै गाडीमा बसेर सिंहदरबारस्थित प्रहरी वृत्तमा पुगे । तीन दिनदेखि उनी त्यहीँको थुनुवा कक्षमा छन् ।  अदालतमा दसैं बिदा भएकाले महरालाई २८ गतेमात्रै अदालतमा पेश गरिनेछ । दसैंको दोस्रो दिनमा पक्राउ परेका महराको पूरै दसैं हिरासतमै बित्नेछ । 

महरालाई सिंहदरबार वृत्तको एक छुट्टै कोठामा राखिएको छ । ‘सिनियर अभियुक्त’ पक्राउ पर्दा त्यहीँ राखिँदै आएको छ । प्रहरीका अनुसार महरा उच्च रक्तचापका बिरामी भएकाले कोठामै अक्सिजन राखिएको छ । उनले आवश्यक परेको बेला अक्सिजन लिने र सहज भएको बेला झिक्ने गरेका छन् ।

महरालाई चिकित्सकको टोलीले थुनुवा कक्षमै आएर चेकजाँच गर्छ । उनलाई भेट्नका लागि परिवारका सदस्यबाहेक अरु कोही आएका छैनन् । एक प्रहरी अधिकारीले भने, ‘‘नेकपाका कोही नेता–कार्यकर्ता भेट्न आएका छैनन् । परिवारका सदस्य र आफन्त भने बेलाबेला आउने गरेका छन् ।’’ 

महराले प्रहरी हिरासतमा रहेको बेला परिवारका सदस्यसँग दसैंको टीकासमेत लगाएनन् । कहिले आफन्तले ल्याइदिएको खानेकुरा खाइरहेका छन् भने कतिपय अवस्थामा प्रहरीकै मेसमा पाकेको खानेकुरा पनि खान्छन् । 

महरा २८ गतेसम्म प्रहरी हिरासतमै रहने, अदालत खुलेपछि मात्रै म्याद थप
महरा यौनकाण्डको एक साता, त्यो ७९ मिनेटले हिरासतमा पुर्‍यायो

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC