site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा एक परिवारले आफ्ना दिवङ्गत अभिभावकको स्मृतिमा ऐतिहासिक कोतघरको पुनःनिर्माण गरेका छन् । स्वर्गीय कुलप्रसाद, मणिमा र गर्भी घरब्जा छन्त्यालका छोरा, छोरी र बुहारीले व्यक्तिगत खर्चमा कोतघरको पुनःनिर्माण गरेका हुन् । 

छोरा भक्तबहादुर र किशोर, छोरी हरिकला, बुहारी चीजमाया र चन्द्रकुमारी घरब्जा छन्त्यालले कोतघर पुनःनिर्माणमा छ लाख पाँच हजार रुपैयाँ खर्च गर्नुभएको स्थानीय रबिन्स छन्त्यालले जानकारी दिए । 

कोतघरमा फुलपातिका दिनदेखि धार्मिक विधि अनुसार पूजाआजा शुरु गरिएको छ । बाइसे चौबिसे राज्यका पालामा छन्त्याल समुदायको राजाले सो कोतघर स्थापना गरेका थिए । कोतघरमा ऐतिहासिक महत्वका खुडा, तरबार, खुकुरी लगायत हतियार थिए । जीर्ण र असुरक्षित भवनभित्र रहेका ऐतिहासिक सामग्री संरक्षण अभावमा नष्ट हुने अवस्थामा पुगेका थिए । कोतघर बनेपछि ऐतिहासिक सम्पदाको संरक्षणका साथै धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छन्त्यालले जानकारी दिए । 
रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC