site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म कुन पक्षमा ? 

नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी चहलपहल बढेको छ । गत कात्तिकमा गरिएको विधान संशोधनपछि पहिलोपटक वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानको कार्यान्वयनले अध्यक्षमा प्रत्यक्ष निर्वाचन नभए पनि वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र कार्यकारिणी समितिका सदस्यका लागि चैत २९ गते काठमाडौंमा मतदान हुँदैछ ।

महासंघको इतिहासमै पहिलोपटक वरिष्ठ उपाध्यक्षका लागि हुने यो निर्वाचन संयोगवश हामीले स्वर्ण महोत्सव मनाएको वर्षमा नै नयाँ प्रक्रियामार्फत सुरु गर्दैछौँ । प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्वमा पुग्ने मेरो चाहना विधान संशोधनका कारण पूरा नभए पनि नेतृत्वको संस्थागत विकासका लागि यो अपरिहार्य छ भन्ने मलाई लाग्छ ।

महासंघको चुनावी साधारण सभामा कुनै ठोस एजेन्डा नहुने र त्यसका लागि तीन महिनामा विशेष साधारण सभा आह्वान गर्ने हाम्रो परम्परा रहिआएको छ । त्यसैले यस वर्ष हामी साधारण सभाको उद्घाटन समारोहलगत्तै निर्वाचन प्रक्रियामा जानेछौँ । निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । धेरै साथीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हामी यसैको व्यवस्थापन गर्ने तथा निर्वाचन समितिलाई हरेक प्रकारबाट सहयोग गर्नमै व्यस्त छौँ । चैत २८ र २९ गते हुने साधारण सभामा कुनै कमजोरी नहोस् भनेर हामी चनाखो छौँ । 

विधान संशोधनको उद्देश्य  
हामीले पछिल्ला तीन निर्वाचन हेर्यौँ भने निर्वाचनमा चरम बेथिति भएको देख्नेछौँ । त्यसबाट शिक्षा लिएर नै अग्रजहरूको सुझावबमोजिम विधानमा संशोधन गरेका हौँ ।

Global Ime bank

यसको एउटा उद्देश्य निर्वाचनका बेला हुने अस्वभाविक र अमर्यादित गतिविधि रोक्नु नै हो भने यसबाहेक अरू पनि उद्देश्य छन् । यसले मूलतः नेतृत्व विकास र महासंघमा अविच्छिन्नतालाई पनि जोड दिएको छ । महासंघको नेतृत्व लिनेले कम्तीमा पनि १२ वर्ष सक्रियतापूर्वक महासंघमार्फत् निजी क्षेत्रको सेवा गर्नुपर्छ ।

यसमा हिजोको दिनको जस्तो महासंघ बाहिरबाट आएर पनि नेतृत्व लिनसक्ने अवस्था छैन । तर, निर्वाचन नै नहुने अवस्था त यो प्रजातान्त्रिक शासन व्यवस्थामा हुँदैन ।

आजको दिनमा निर्वाचन प्रक्रिया भर्खर सुरु भएको छ । यसमा निश्चय नै केही कमी कमजोरी भए होलान् तर हिजोको दिनको जस्तो भने पक्कै पनि छैन । हामीमा हिजोका चुनावको केही ’ह्याङओभर’ छ र त्यसका कारणले पनि यस्तो समस्या देखिएको होला । आउँदा दिनमा भने निश्चय नै यो रहने छैन । विधान संशोधनको लक्ष्य र उद्देश्य पूरा हुनेछ ।

म कुन पक्षमा ? 
महासंघको यस निर्वाचनका क्रममा मलाई धेरै साथीले सोधिरहनुभएको छ – तपाईँ कुन पक्षमा ? कतिपय साथीले तपाईँ तटस्थ बसिदिनुहोस् भन्नुभएको छ भने कतिपयले सही नेतृत्व ल्याउन तपाईँले अहिले आँखा चिम्लनुभयो भने भोलिका दिनमा तपाईँलाई नै काम गर्न गाह्रो पर्नेछ भनिरहनु भएको छ ।

म अहिलेसम्म कुनै पक्षमा खुलेरै लागेको छैन । तर, एउटा कुरा मैले स्पष्ट पार्नैपर्छ — हिजोका दिनमा महासंघभित्र रहँदा कसले कस्तो भूमिका निर्वाह गर्यो अथवा कसको क्षमतका कति छ भन्ने मूल्यांकन गर्न म सक्षम र स्वतन्त्र पनि छु । अहिलेसम्म मलाई जुन समूहले बोलायो त्यही समूहको कार्यक्रममा गएकी छु । महासंघमा भोलिका दिनमा जो निर्वाचित भएर आए पनि सँगै काम गर्नैपर्छ । सबै साथी सक्षम नै हुनुहुन्छ तर सक्षममध्येबाट अझ सक्षम छान्ने अधिकार मेरो पनि हो ।

त्यसैले यो वा त्यो पक्षमा भन्दा पनि मैले सही वा सक्षम उम्मेदवार छनोट गरेँ कि गरिन भन्ने प्रश्न महत्त्वपूर्ण हुनेछ । आफूलाई सफल बनाउनु छ भने हरेक सफल नेतृत्वकर्ताले आफ्नो उत्तराधिकारीमा सही व्यक्तित्व छान्न सक्नुपर्छ । यो गर्न सकेन भने उसको सफलता आधामात्रै मापन हुन्छ भनिन्छ ।

हिजोका दिनमा पशुपति जी र म सँगै चुनाव लड्यौँ तर सहकार्यमा कुनै समस्या रहेन र म पनि भोलिका दिन यस्तै संस्कार भएका व्यक्ति नै महासंघमा आउन् भन्ने चाहन्छु ।

सहमतिको प्रयास
महासंघमा अध्यक्षको निर्वाचन नहुने भएपछि सहमतिका लागि हामीले निकै मेहनत गरेका छौँ । सहमतिका लागि हामी हिजोदेखि नै लागिरहेका थियौँ, आज पनि लागिरहेकै छौँ र भोलि झनै बढी लाग्नेछौँ ।

यसमा कसैले पनि कुनै शंका र द्विविधा नराख्नुभए हुन्छ । यसको परिणाम पनि देखिएकै छ । दुई महिनाअघि एसोसियटमा चन्द्र ढकालजी, ज्ञानेन्द्रलाल प्रधानजी र सौरभ ज्योतिजीले दाबी गरिरहनु भएको थियो । तीनैजना सक्षम र अनुभवी हुनुहुन्थ्यो । निर्वाचनमै गएको भए हामीले तीनजनामध्ये २ जनालाई गुमाउनुपर्ने अवस्था थियो ।

अहिले एसोसियटमा जसरी सर्वसम्मतीको प्रयास सफल भएको छ, वस्तुगतमा पनि झन्डै त्यही अवस्था छ । अञ्जन श्रेष्ठ जीलाई सहमत गरायौं, भोलिका दिनमा अरू पनि सहमतिमा आउने अवस्था छ ।

जिल्ला नगरमा पनि सहमतिका लागि प्रयास गरिरहेका छौँ । अधिकांश जिल्ला नगरका साथीहरू पनि सहमतिकै पक्षमा हुनुहुन्छ ।

सहमतिका लागि कसैलाई अन्य भूमिका दिएर राख्ने एउटा विकल्प हो भने कुनै बेला ठूलो ’ग्याप’ सिर्जना गरेर पनि सहमतिका लागि बाध्य बनाउन सकिन्छ । त्यसैले आउने अध्यक्षमा रूपमा मेरो भूमिका सबैलाई सहमतिका साथ अघि बढाउने नै हुनेछ । 

वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७३  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC