site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महरालाई कारवाही गर्नुको साटो संरक्षण गर्दैछ सरकारः देउवा
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरा काण्ड’ का दोषीमाथि कारवाही नगरेकोमा सरकारप्रति रोष प्रकट गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले यौन दर्व्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि कारवाही गर्नुको साटो सरकार आफैंले संरक्षण गर्ने काम गरिरहेको दावी गर्दै आक्रोश पनि व्यक्त गरे । महरालाई सबै जिम्मेवारीबाट नहटाएकोमा देउवाको आपत्ति छ । 

Agni Group

दसैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा उनले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी गर्ने महरामाथि किन कारवाही नगरिएको ? भन्दै सरकारलाई प्रश्न पनि गरे । “त्यस्तो बदमासी गर्ने अनि उल्टै सो घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भइरहेको छ,” सभापति देउवाको भनाइ थियो, “त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन् ।”

सभापति देउवाले सर्वसाधारणले दसैंसमेत मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारले नियन्त्रण गर्न नसकेको दावी पनि गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १८, २०७६  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC