site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बिरामीलाई निःशुल्क रगत
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्रले बिरामीलाई निःशुल्करुपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । 

सुदूरपश्चिम क्षेत्रमा निःशुल्करुपमा रगत उपलब्ध गराउने रक्तसञ्चार केन्द्र पहिलो हो । बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएबापत विगतमा रु ७७० प्रतिपिन्ट शुल्क लिदै आएकामा स्थानीय तहले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक रकम दिन थालेपछि निःशुल्करुपमा रगत उपलब्ध गराउन थालेको शाखाका कोषाध्यक्ष थीरेन्द्रचन्द्र भट्टले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार जिल्लाका नौवटै स्थानीय तहले हालसम्म केन्द्रलाई रु पाँच लाख ५० हजार रकम उपलब्ध गराएका छन् । “निरन्तर सहयोग गर्ने स्थानीय तहले प्रतिबद्धता गरेपछि रक्तदाताले उपलब्ध गराएको रगत निःशुल्करुपमा दिन थालेका छौँ”, उनले भने, “विपन्न र आर्थिक अभाव भएका बिरामीले सहजरुपमा रगत पाउने भएका छन् ।” 

योबाहेक केन्द्रलाई सोसाइटीको केन्द्रीय कार्यालयबाट कहिलेकाहीँ मात्रै थोरै बजेट उपलब्ध हुने गरेको थियो । सो रकमले नपुग्ने भएपछि दाताले उपलब्ध गराएको रगत सेवाग्राहीलाई दिँदा शुल्क लिनुपरेको कोषाध्यक्ष भट्टको भनाइ थियो । 

Global Ime bank

केन्द्रमा रक्त सङ्कलनका लागि आवश्यक सामग्री, प्रयोगशाला, आवश्यक प्राविधिक र प्राविधिक कक्षलगायतका सुविधा छन् । केन्द्रमा वार्षिकरुपमा ६०० देखि एक हजार पिन्ट रगत खपत हुने गरेको छ । मासिकरुपमा भने ५० देखि १०० पिन्ट रगत मात्रै खपत हुँदै आएको छ ।
 
पूरै रगत जाँच गर्ने ‘स्पिटर मेसिन’ नहुँदा त्यसका लागि केन्द्रले कैलालीको धनगढी पठाउँदै आएको छ । महाकाली अस्पतालमा चिकित्सको अभाव हुँदै आएकाले थोरै मात्र रगतको खपत हुने गरेको छ । सयदेखि ३०० पिन्टसम्म रगत ३० दिनसम्म जगेडा राख्न सक्ने रेडक्रससँग क्षमता रहेको छ । रेडक्रसले रक्तसञ्चार केन्द्र विसं २०५० देखि सञ्चालन गर्दै आएको हो । 
रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १८, २०७६  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC