site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
थप फिचरसहिच ए५०एस नेपाली बजारमा, मूल्य ४२ हजार रुपैयाँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङले ए५०एस नामको मिड रेन्ज फोन नेपाली उपभोक्तामाझ प्रस्तुत गरेको छ । सामसङले नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस सार्वजनिक गरेको हो ।

नयाँ ग्यालेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषता विद्यमान गरी नयाँ पुस्ताको आवश्यकतालाई समेट्दै उनीहरुको लागि तयार गरिएको छ । नाइट मोड, सुपर स्टेडी भिडियो तथा गेम बुस्टर प्रविधिको साथ शक्तिशाली प्रोसेसरजस्ता विशेषताको साथ यो नयाँ स्मार्टफोनले उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्ने दाबी कम्पनीका छ ।

ज्यामितीय एवं फ्युचरिस्टिक होलोग्राम इफेक्टद्वारा प्रभावित भइ फोनको पछाडीतर्फ अद्वितीय एवं आकर्षक डिजाइनको साथ फोन तयार गरिएको हुँदा लुक एन्ड फिलको जीवन्त अनुभव प्रदान गर्दछ । यो  स्मार्टफोन आकर्षक रंग– प्रिज्म क्रशब्ल्याक तथा प्रिज्म क्रश ह्वाइटमा उपलब्ध रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस स्मार्टफोनमा ४ हजार एमएएचको सुपर ड्युरेवल ब्याट्री रहेको छ । १५ वाटको फास्ट चार्जिङ तथा एआई बेस्ड गेम बुस्टर रहेको यसमा छ ।

ग्यालेक्सी ए५०एसमा हरेक क्षण जीवन्त क्षण क्याप्चर गर्न सकिन्छ । यसमा ४८ मेगापिक्सलको मुख्य क्यामरा राखिएको छ । दिन वा रात जुनसुकै समयमा फोटो लिनको लागि ग्यालेक्सी ए५०एसमा नाइट मोड रहेको छ जसले गर्दा कम उज्यालोको अवस्थामा पनि शानदार फोटो खिच्न सकिन्छ । यसको साथै यसमा भएको सुपर स्टेडी सुविधाले तीव्र एक्सनवाला परिस्थितिमा पनि स्मुथ भिडियो खिच्न सकिन्छ । यसमा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा राखिएको छ । यो क्यामेराले मानवआँखाले जस्तो देखिने फोटो खिच्दछ । त्यस्तै गरी १२३ डिग्रीको भ्युइङ एंगलको साथ फोटो खिच्ने सुविधा यो फोनले प्रदान गर्दछ । यसको ५ मेगापिक्सलको लाइभ फोकस लेन्सले शानदार फोटो खिच्दछ ।

Global Ime bank

ग्यालेक्सी ए५०एसमा इनोभेटिभ अलाइभ क्यामराका विशेषताहरु रहेका छन् । यसमा वेस्ट सटको परामर्श प्रदान गर्ने सुविधा रहेको छ, जुन सुटिङको समयमा सर्वोत्कृष्ट कम्पोजिसनको लागि सुझाव गर्दछ । इन्टलिजेन्ट सिन अप्टिमाइजरले सब्जेक्टलाई शिलशिलावद्ध गरी कलर, कन्ट्रास्ट एवं ब्राइटनेसलाई एडजस्ट गरी फोटोको गुणस्तरीयतालाई अप्टिमाइज गर्दछ ।

नयाँ ग्यालेक्सी ए५०एसमा प्रिमियम १० एनएमको एक्साइनोस ९६११ चिपसेट रहेको छ, जुन एआई पावर्ड गेम बुस्टरको साथ उपलब्ध रहेको छ । यसमा फ्रेम दर, गेमिङको कार्यक्षमता तथा हाई परफमेन्ट गेमको यही अवधिमा सुधार हुन्छ । ग्यालेक्सी ए५०एसमा ६ जीबी ¥याम एवं १२८ जीबी स्टोरेजका साथ उपलब्ध रहेको छ ।

ग्यालेक्सी ए५०एसमा ६.४ इन्चको  एफएचडी प्लस सुपर एमोलेड इन्फिनिटी–यू डिस्प्ले तथा अन–स्क्रिन फिंगगरप्रिन्ट अनलकिङ रहेको छ । यो फोन नक्स सेक्युरिटिद्वारा सुरक्षित रहेको छ ।

ग्यालेक्सी ए५०एसको खरिद मूल्य ४२ हजार १ सय ९० रुपैयाँ तोकिएको छ ।
    
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC