site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
अष्ट्रेलियामा नेपालसमेत तीन देशका विद्यार्थीलाई कडाइ गरिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । अष्ट्रेलियाले नेपालसमेत तीन देशका विद्यार्थीलाई त्यहाँ जानको लागि कडाइ गर्ने तयारी गरेको पाइएको छ । त्यहाँको पत्रिका फाइनान्सियल रिभ्युले आफ्नो पछिल्लो अंकमा जनाएअनुसार सरकारले नयाँ नीति ल्याइसकेको भए पनि त्यसलाई सार्वजनिक भने गरेको छैन । 

अष्ट्रेलियाको गृह मन्त्रालयले ल्याएको नयाँ नीति अन्तर्गत यसरी कडाइ गरिएका मुलुकमा नेपाल, भारत र पाकिस्तान रहेका छन् । नयाँ नियमले गर्दा ती देशका विद्यार्थीलाई अब अष्ट्रेलियाको भिसा पाउनका लागि झन् जटिल हुन सक्ने जनाइएको छ । यसले अष्ट्रेलियाको ३६ बिलियन डलरको अन्तर्राष्ट्रिय शिक्षा बजारमा पनि समश्या आउन सक्ने सो समाचारमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अष्ट्रेलियाको गृह मन्त्रालयले तीन देशलाई ‘रिस्क स्ट्याटस’को सबैभन्दा माथिल्लो चरणमा अहिले राखेको छ । पहिला पनि सोही स्ट्याटसमा रहे पनि ‘मिडियम’ तहमा राखिएकोमा अहिले ‘हाइ’ तहमा राखिएको सो समाचारमा जनाइएको छ । यस्तो हुनुमा ठगी, भिसा रद्द र भिसा पाउने व्यक्ति गैरकानुनी नागरिक भएको पाइनुले भएको उल्लेख गरिएको छ । यसबारेमा अष्ट्रेलिया सरकारले औपचारिक रुपमा नभने पनि सेप्टेम्बर २६ पछि आप्रवासन सम्बन्धी एजेन्टलाई जानकारी गराइसकिएको सो समाचारमा उल्लेख छ । त्यहाँको विश्वविद्यालयमा भारतबाट मात्रै ३० प्रतिशत अर्थात् ८४ हजार ७५३ विद्यार्थी गएको जुलाई अघि सम्ममा गएको बताइएको छ । अष्ट्रेलियाको इन्टरनेसनल एजुकेसन एशोसिएसनले गृह मन्त्रालयको निर्णय स्वागत गर्न नसकिने जनाएको छ । 

भारतबाट विद्यार्थी बढ्दै गएकोमा अब गृह मन्त्रालयको कदमले त्यो खतरामा पर्न सक्ने सो कम्पनीका कार्यकारी प्रमुख फिल हनिउडले बताए । उनले अष्ट्रेलियाको तेस्रो ठूलो उद्योग नै संकटमा पर्ने अवस्था आएको समेत उल्लेख गरेका छन् ।

Global Ime bank

अहिलेसम्म अष्ट्रेलियामा भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो ठूलो विद्यार्थी बजार रहेका थिए । यसरी कडाइ गर्दा पढ्न जाने विद्यार्थी अष्ट्रेलिया छोडेर अरु देशमा जान बाध्य हुने समेत उनको भनाइ रहेको छ । ती देशबाट अष्ट्रेलिया जाने विद्यार्थीले विगतमा ४० प्रतिशतले ठगी गरेको, २५ प्रतिशतको भिसा रद्द भएको र १५ प्रतिशत ओभरस्टे गरेको पाइएको समेत गृहको तथ्यांकमा उल्लेख छ । 

अब आवेदकहरुले उनीहरुसँग पढ्नको लागि पैसा भएको र अंग्रेजी भाषा राम्रो भएको प्रमाण पनि पेश गर्नुपर्नेछ । मेलबर्नको ग्लोबल माइग्रेसनका निर्देशक तथा आप्रवासन सम्बन्धी एजेन्ट रनवीर सिंहले नयाँ व्यवस्थाले अप्ठेरो पर्ने बताए । पहिला पासपोर्ट र उनीहरु आधिकारिक विद्यार्थी रहेको प्रमाण दिए पुग्थ्यो तर अब झन् कडाइ गरिएको उनको भनाइ छ । 

‘‘स्वीकृतिको समय पनि लामो लाग्न सक्नेछ । अब गृह मन्त्रालयले आर्थिक प्रमाणको लागि अनुसन्धान टोली नै पठाउन सक्ने छ,’’ सिंहले भने । उनले यसरी कडाइ गर्दा केही विद्यार्थीहरु अब अष्ट्रेलियाको सट्टा क्यानडा वा बेलायततर्फ आकर्षित हुन सक्ने जनाए । त्यहाँ ‘थ्रेसहोल्ड’ कम रहेको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC