site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले बलात्कारको आरोप लगाएकी छन् । महिलालाई उद्धृत गर्दै सञ्चार माध्यममा आएको समाचारअनुसार महरा आइतवार राति ती महिला एक्लै भएको मौकामा उनको डेरामा गएका थिए र उनले त्यहाँ रक्सी खाएका उनी स्वयंले स्वीकार गरेका छन् । परन्तु, संसद् सचिवालयमै कार्यरत महराकी चिरपरिचित ती महिलाले लगाएको बलात्कारको आरोपलाई भने उनी स्वयं र उनको सचिवालयले खण्डन गरेको छ । तर, सभामुख महराको सचिवालयको खण्डन र महरा स्वयंको भनाइसमेत बाझिएकाले खण्डनलाई पूरै पत्याउन सकिने अवस्था देखिँदैन । हुनत, आरोप लाग्दैमा कोही पनि अपराधी ठिहरिँदैन । यस्तै सडक, सामाजिक सञ्जाल वा सञ्चार माध्यमले फैसला सुनाउने काम गर्नु पनि हुँदैन । तर, आरोप लागेपछि त्यसको निष्पक्ष र स्वतन्त्र अनुसन्धान भने हुनै पर्छ । महरा पनि यसको अपवाद बन्न सक्तैनन् । महराले दाबी गरेजस्तै उनको ‘चरित्र हत्या’ गर्न षड्यन्त्र गरिएको रहेछ भने पनि छानबिनबाट स्पष्ट हुनेछ । सत्ता र शक्तिको आडमा छानबिन गरिएन वा घटनालाई सामसुम पारियो भने महरामाथि समाजको औंला सधैँ ठाडो हुनेछ भने उनको शिर सधैँ नै निहुरिनेछ । यसैले पनि घटनाको निष्पक्ष र गहन छानबिन गरिनु आवश्यक छ । 

बलात्कारजस्तो जघन्य अपराधको आरोप लागेको व्यक्ति सभामुखको पदमा रहनु यसै पनि उचित हुँदैन । त्यसमाथि महरा सभामुख पदमा रहँदासम्म प्रहरीलगायतका कानुन कार्यान्वयन निकायले स्वतन्त्रतापूर्वक छानबिन गर्न पनि सक्तैन । यसै पनि घटनास्थलमा पुगेर प्रमाण संकलन गरी पीडित व्यक्तिलाई भेटेर फर्केको प्रहरीले सञ्चार माध्यमलाई उजुरी परेको छैन भने दिएको गैरजिम्मेवार उत्तरले घटना दबाइने शंका बढाएको छ । यस्तो जघन्य आरोप लागेपछि सभामुख कृष्णबहादुर महरा स्वयंले छानबिनमा सहयोग होस् भन्दै नैतिक आधारमै राजीनामा दिइसक्नुपथ्र्यो । उनले राजीनामा दिन आलटाल गरेका हुन् भने प्रधानमन्त्री केपी ओलीले महरालाई सम्झाउनु उचित हुनेछ । तैपनि अटेर गरे भने राष्ट्रपतिले पनि घटना दबाउन नदिन हस्तक्षेप गर्नु अनुचित हुँदैन ।

स्वतन्त्र र विश्वसनीय छानबिनबाट दोषी देखिए महरामाथि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्छ । निर्दोष ठहरिए भने उनी आफ्नो राजनीतिक जीवनमा फर्के भइहाल्छ । तर, घटनालाई यसै दबाउन खोजियो भनेसभामुख महरामात्र हैन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि नै कलंकको टीका लाग्नेछ । प्रमुख विपक्षका नेताहरू पनि महरासँगको व्यक्तिगत सम्बन्धका कारण यस घटनामा मौन रहे भने मतियार साबित हुनेछन् । उनीहरूले स्पष्ट शब्दमा महराको राजीनामा माग्नुपर्छ । राजनीतिक दलहरु चुके भने सडकबाट न्यायको माग हुनेछ । यी सबैलाई नैतिक संकटबाट जोगाउन पनि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिनु उचित र आवश्यक छ । रात रहे अग्राख पलाउँछ भने ढिलो गर्दा पछि निर्दोष ठहरिए पनि जनताका आँखाबाट चोखिन सकिनेछैन र
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC