site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सञ्जीव उप्रेतीको ‘हंस’ बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रा.डा. सञ्जीव उप्रेती दोस्रो उपन्यास ‘हंस’ लिएर आएका छन्। उनको उपन्यास ‘हंस’ शनिबार सार्वजनिक भएको छ। उनको उपन्यास काठमाडौंको प्रज्ञा भवनमा साहित्यकार नयनराज पाण्डे, उनी स्वयम् र नाटक कलाकार भूषिता वशिष्ठले सार्वजनिक गरे।

उपन्यास सार्वजनिक कार्यक्रममा साहित्यकार पाण्डेले उप्रेतीलाई रोचक आग्रह गरे। पाण्डेले उप्रेतीलाई ‘बहुलाउन’ आग्रह गरेका थिए । ‘घनचक्कर’ उपन्यासले पाठकमा ‘उप्रेती बहुलाए’ भन्ने परेको र ‘हंस’ले त्यसलाई झनै बढवा दिएको संकेत गर्दै पाण्डेले उक्त आग्रह गरेका हुन्।

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यकार, प्रकाशकसमेत रहेकी उप्रेतीकी श्रीमती डा. अर्चना थापाले उपन्यास लेखनका क्रममा भएका अनुभव सुनाएकी थिइन्। उनले १२ वर्ष लगाएर सञ्जीवले उपन्यास तयार पारेको जानकारी दिइन् । 
भूषिताले उपन्यासमा हाँसको कथामात्रै नभएर मानवका कुरा पनि उल्लेख गरिएको बताइन्। उनले मानवीय आत्माको कुरा उपन्यासको केन्द्रमा रहेको बताइन् । उनले भनिन्, “यो उपन्यासको कथा हाँसको मात्रै होइन। यसले मानवीय आत्माको कथा समेटेको छ। हरेक मान्छेको निजी उडानको कामना यस उपन्यासमा छ।”

लेखक डा. सञ्जीव उप्रेतीले ‘हंस’ उपन्यासमा नयाँ प्रयोग गरेको बताए ।  ‘घनचक्कर’ पढेपछि कतिपय पाठकले उनकै आत्मकथा त होइन भनेर प्रश्न गरेको उनले सुनाए । 

Global Ime bank

‘हंस’ उपन्यास बुकहिल पब्लिकेसनले प्रकाशन गरेको हो । यो उपन्यासको मोटो गातावालाको मूल्य ५५५ रुपैयाँ र पातलो गातावालाको मूल्य ४०० रहेको छ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC