site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कुन–कुन दल छन् प्रचण्डको पक्षमा ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । दलीय सहमतिमा आकस्मिक परिवर्तन नआए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार नेपालको ३९  औं प्रधानमन्त्रीमा चयन हुनेछन् ।
व्यवस्थापिका–संसद्को सोमबार दिउँसो बस्ने बैठकमा तोकिएको समयमा सहमतिय सरकार नबनेकाले बहुमतिय प्रक्रियामा जाने बेहोराको पत्र पढेर सुनाउने कार्यसूची छ ।  
सोमबारदेखि नै प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्ने संसद् सचिवालय स्रोतले जानकारी दियो ।
नेपाली कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्न लागेका प्रचण्डले अन्य राजनीतिक दलहरूसँग पनि सहयोगका लागि आग्रह गरिरहेका छन् ।
अहिलेसम्म नेपाली कांग्रेस, राप्रपा, नेकपा संयुक्तलगायत दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पक्षमा देखिएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध राजनीतिक दल सरकारमा सहभागी नभए पनि प्रचण्डलाई मतदान गर्न तयार रहेको मोर्चाले जनाएको छ । तर, मोर्चालाई सरकारमा सहभागी गराउने प्रयास भइरहेको स्रोतले जानकारी दियो ।
नेकपा संयुक्त प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन माओवादी र कांग्रेससँगै अघि बढेको थियो । राप्रपाले पनि प्रचण्डलाई मतदान गर्ने निर्णय गरिसकेको छ ।
“हाम्रो पार्टीले प्रचण्डलाई मतदान गर्ने निर्णय गरिसकेको छ,” राप्रपाका सहायक प्रवक्ता किरण गिरीले भने, “हामी सरकारमै सहभागी हुन्छौं ।”
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका धेरैजसो दल प्रचण्डकै पक्षमा देखिएका छन् । यसबारे मंगलबारसम्ममा औपचारिक निर्णय गरिसक्ने नेताहरूले बताएका छन् ।
“औपचारिक निर्णय हुन बाँकी छ,” संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले भने, “बेलुका या भोलिसम्म निर्णय हुन्छ ।”
स्रोतका अनुसार मोर्चामा सरकारमै सहभागी हुने कि बाहिर बसेर सरकारको समर्थन गर्ने भन्नेबारेमा छलफल भइरहेको छ ।
 
प्रचण्डको पक्षमा देखिएका राजनीतिक दल र संख्या 
नेपाली कांग्रेस –२०७
नेकपा माओवादी केन्द्र –८३ 
राष्ट्रिय प्रजातन्त्र पार्टी –१२
नेकपा संयुक्त –३
 
निर्णय गर्न बाँकी
राप्रपा नेपाल –२५
संघीय समाजवादी फोरम नेपाल –१५
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)–१४
तराई मधेस लोकतान्त्रिक पार्टी –११
सद्भावना पार्टी –६
तराई मधेस सद्भावना पार्टी नेपाल –३
राष्ट्रिय मधेस समाजवादी पार्टी –३
केही साना दल 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC