site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लोकतन्त्रमा शासनले जनताबाट शक्ति पाउने हुनाले शासक पनि जनमुखी हुन्छन् । ‘खोक्रो लोकतन्त्र’मा पनि शासनले शक्ति त जनताबाटै पाउने हो तर शासक भने पटक्कै जनमुखी हुँदैनन् । नेपाल दोस्रो कोटीमा पर्छ । जनताले सास्ती पाउँदा पनि शासकहरू पटक्कै संवेदनशील हुँदैनन् । नागढुंगा ¬– नौबीसे सडकको अवस्था नेपालका शासकहरूको सक्कली अनुहार देखिने ऐना हो । हुँदाहुँदा बिरामी लिएर आएको बस जाममा पर्दा एक जना युवाको ज्यान बिहीबार राति बाटैमा गयो । रौतहटबाट उपचारका लागि काठमाडौं आउँदै गर्दा ती युवाको धादिङको धाक्रे ८ मा बसभित्रै मृत्यु भयो । केही दिन यता नौबीसेबाट नागढुंगा छिचोल्न ८–९ घन्टासम्म लाग्ने गरेको छ । बिहीबार पनि बस घन्टौं बाटामा रोकिएकाले ती मिर्गौलाका बिरामीले अकालमा ज्यान गुमाउनु परेको हो । त्यस दिन एम्बुलेन्सहरूसमेत बाटामा जाममा फसेका थिए । 

दसैंमा उपत्यकाबाहिर जाने यात्रुको संख्या निकै ठूलो हुन्छ । बाटामा त्यसको चाप पर्नु स्वाभाविकै हो । यसैले यो अनुमान नगरिएको सास्ती होइन । सरकारले थाहा पाउँदापाउँदै व्यवस्था नगर्दा जनताले सास्ती पाएका हुन् । गएको वर्ष पनि दसैं लाग्ने बेलामा यस्तै अवस्था भएको थियो । अहिले सडकमा चाप थपिएकै बेला ठेकेदारले सडक मर्मत पनि धमाधम गरिरहेको छ । यसले पनि सडकमा जाम बढेको हो । ठेकेदारलाई सरकारले धेरै यात्रु सडकमा आउनुभन्दा पहिले वा पछि काम गर्न लगाएको भए आवागमन केही सहज हुने थियो । परन्तु, नागढुंगा – नौबीसे सडक यसरी थुनिनुको मूल कारण भने यात्रुको चाप वा सडक मर्मत भन्दा बढी सडकको भारवहन क्षमताले नधान्ने ठूला गाडीहरूको आवागमनले हो । यो सडक भौगोलिक धरातल र प्राविधिक दृष्टिबाट पनि ठूला मालवाहक गाडी चलाउन उपयुक्त मानिँदैन । बाटामा ठूला गाडी बिग्रेकै कारण सवारी जामको अवस्था भयावह भएको सरकारी अधिकारीहरूले पनि स्वीकार गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यातायात व्यवस्था हेर्ने सरकारी निकायलाई नागढुंगा–नौबीसे सडकमा१० वा सोभन्दा धेरै पाङ्ग्रा भएका ठूला गाडी चलाउनु उपयुक्त हुँदैन भन्ने थाहा नभएको हैन । तर, उनीहरूले सडकको भारवहन क्षमताको उपेक्षा गरेर त्यस्ता गाडी सधैँ सहजरूपमा चलाउन दिने गरेका छन् । त्यसो त गिटी बालुवा बोक्ने ट्रिपरहरूकै भार पनि यस सडक र विशेषगरी पुलहरूको भारवहन क्षमताभन्दा बढी हुन्छ । सडक र यात्रुको सुरक्षाका लागि नौबीसे – नागढुंगा खण्डमा यस्ता सवारी साधन चलाउनै रोक्नुपर्ने हो । कम्तीमा दसैं, तिहार, छठका अवसरमा त यात्रुहरूको सुविधालाई सरकारले प्राथमिकता दिनु पथ्र्यो । घटस्थापनादेखि फूलपातीका दिनसम्म १० पाङ्ग्रेभन्दा ठूला गाडी रोक्ने निर्णय गरेर सरकारले पर्याप्त नभए पनि केही संवेदनशीलता देखाएको छ । यस्तै, प्रहरी परिचालन थप गर्ने निर्णयले पनि आवागमन केही सहज पक्कै हुनेछ । 

यथार्थमा नौबीसे– नागढुंगा खण्डमा १० पाङ्ग्रे र सोभन्दा ठूला गाडी चलाउन  सधैँका लागि रोक्नु उचित हुन्छ । रोक्नै नसक्ने हो भने त्यस्ता बाटो छेक्ने ठूला गाडीलाई साताका ४ रात आउन र ३ रात फर्क दिने गरी व्यवस्था मिलाए हुन्छ । दिउँसोको यातायात सहज हुने र राति सवारी चाप कम भएका बेलामा मात्र यस्ता गाडी चलाउन तथा मर्मत कार्य गर्न दिने हो भने पनि समस्या आंशिकरूपमा समाधान हुनेछ । यस्तै, सडक मर्मतको काम ठेकेदारलाई सुम्पनुको साटो बिग्रनै नदिने प्रणाली लागु गरेर सरकारले नै जिम्मा लिने व्यवस्था गर्नु उचित हुनेछ । भत्कनेबित्तिकै मर्मत गरिहाल्ने (जिरो स्क्य्राच) पद्धति अपनाउने हो भने दसैंको मुखमा सडकमा निर्माण सामग्री थुपारेर यात्रुलाई सास्ती दिनुपर्ने छैन । यसैले ठूला गाडी र मर्मतको व्यवस्थापन गरेर यात्रुलाई सधैँको सास्तीबाट मुक्ति दिन सकिन्छ । यसका लागि सरकारमा इच्छाशक्तिको भने खाँचो हुन्छ । तत्कालका लागि सरकारले ठूला गाडी छठसम्म रातिमात्र चल्न दिने र मर्मतको काम पनि सवारी चाप नभएका बेलामा मात्र गर्ने व्यवस्था तत्काल मिलाओस् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC