site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
बन्दुकबाट मात्र हुने हो र परिवर्तन ?

देशमा रुवावासीका सिलसिला बढ्दै गयो । दिनदिनै मान्छे मर्न थाले । त्यसताका देशमा भएको विद्रोहको कहालीलाग्दो अवस्था, नेपालीले नेपालीको हत्या गरेका दुःखपूर्ण घटना नै मुख्य समाचार हुने गर्थे । लाग्थ्यो, परिवर्तनका लागि बन्दुकबाहेक अरू अस्त्र छैन त ? अल्बेयर  कामुको बहुचर्चित दार्शनिक आत्मकथामा क्रान्ति  र विद्रोहबीचको फरकका विषय लेखिएको छ । ‘‘जुनसुकै क्रान्ति सत्ताको नाममा दमन गर्ने नयाँ मुकुन्डो लगाएर खडा भएको हुन्छ जुन आम जनताको विरुद्धमा जान्छ र मृत्युको दुर्गन्धबाट ग्रसित इतिहासको नैतिक पोस्टमार्टमको आवश्यकता हुन्छ ।’’ अबलेयर कामुले लेखेका छन् । उनले क्रन्तिको नाममा हुने हत्या र सामूहिक हत्याका विरोधमा जीवनभर आवाज उठाइरहे ।

हुन पनि देश र समाज सुधारका नाममा किन यस्तो ताण्डव मच्चाइयो होला जस्तो लाग्छ । त्यो काटमारको कारण धेरै महिला विधवा भए । छोराछोरीहरु कति टुहुरा भए । माओवादी विद्रोही भएर गएकाको पनि घर त खाली भयो । कति अपहरणमा परे ।  बावुआमा सन्तानको शोकमा डबे । ती मारिएका माओवादी र निहत्था गाउँले अनि गरिबीको मारमा परेका, सानोतिनो जागिरमा भएका सिपाही र पुलिस पनि धेरै परेका छन् । अब ती फर्केर आउँदैनन् । त्यो क्षति र परिवारहरूमा परेको चोटको असर गहिरो छ । लुकेर मानिस मार्नुपर्ने परिस्थिति किन आयो होला ? क्रान्ति नै गर्नु थियो भने त अनेक उपाय थिए । सत्याग्रह पनि हुनसक्थ्यो । महात्मा गान्धीको शैली नभई माओको शैली किन अपनाइयो ? 

निर्मम हत्याका दुःखपूर्ण घटना दिनहुँ समाचार बन्न थाले । सबै त्रसित भई भई हामी सुन्न पनि हामी अभ्यस्त भयौँ । यो दसवर्षे हत्याहिंसाले नेपालीलाई के प्रतिफल दियो भनेर पुनरावलोकन गर्ने हो भने राजनीतिक परिवर्तनबाहेक नेपाली जनताले के पाए ? अब त धेरैले प्रश्न गर्न थाले – यस राजनीतिक परिवर्तनले नै सर्वसाधारण नेपालीलाई के दियो ?

Agni Group

मेरो काम सामाजिक हुनाले समुदायसँगको विभिन्न तहका मानिसहरु भेटिन्थे ।  विभिन्न मानिसका कुरा सुन्थ्यौं ।  उनीहरु भन्थे – ‘‘धेरै छिमल्छन् रे !  माओवादीको ‘प्रचण्ड’  र  ज्ञानेन्द्र त एउटै मानिस हुन् रे । ” कांग्रेस नेता रामचन्द्र पौडेलसमेत माओवादीहरु निर्मलनिवासबाट सञ्चालित छन् भन्थे । एकातिर माले, मसाले, मण्डले एकै हुन् भनी कांग्रेस नेता गिरिजाप्रसाद कोइराला भन्ने गर्थे । अन्त्यमा आएर उनैले पुष्पकमल दाहाललाई बोके । उनका समर्थक राजनीतिज्ञहरु भन्छन् –‘‘माओवादीको काटमार त समाप्त गरे नि ।’’ 

 केपी ओलीले पनि माओवादीको छोरी बोके भनेर शेरबहादुर देउवालाई कटाक्ष गरे । फेरि उनले पनि तिनै माओवादी बोके । यस्ता राजनीतिक दृश्य, परिदृश्य हेर्ने हाम्रो नियति रहेछ ।  हामीजस्ता सर्वसाधारण अलमलमा थियौँ र अलमल्याइएकै छौँ । हिंसात्मक विद्रोहमा होमिएका माओवादी उनीहरुको भाषामा ‘जनयुद्ध’ भन्थे । हाम्रा बुद्विजीवीहरु ‘माओवादी द्वन्द्व’ भन्थे । जे भए पनि देश त्यसैका कारण असहज परिवेशमा फसेर नराम्ररी खलबलिएको छ र त्यसको नकारात्मक असर नेपाली समाजमा विभिन्नरुपमा व्याप्त भएकै छ । कतिपय परिवारमा उनका मारिएका सदस्यहरुको सनाखतसम्म पनि भएको छैन । 

Global Ime bank

अनौठो परिस्थिति 

यो विद्रोह सुरु भएको धेरै समयसम्म ‘प्रचण्ड’  भन्ने मानिस को हो भन्ने विषयमा धेरै जानकार थिएनन् ।  उनको असली अस्तित्व पनि पत्तै थिएन । माओवादीहरु शान्ति प्रक्रियामा जाने विचार गरेपछि मात्र उनीहरुका अन्तर्वार्ता छापामा आउन थाले ।  

सशस्त्र द्वन्द्वको अन्तिमतिरसम्म पनि  ‘प्रचण्ड’ को हुन् र कस्ता छन् भन्ने आम नेपालीहरुलाई थाहा पनि थिएन । कान्तिपुरमा मिति २०७४ फागुन ७ गते प्रकाशित प्रतीक प्रधानको ‘त्यो अन्तरवार्ता’ शीर्षक लेखले पनि सोही कुरा पुष्टि गरेको छ । पहिलोपटक ‘प्रचण्ड’ पुष्पकमल दहालको फोटोसहित २०६१ माघ २७ गते कान्तिपुरमा अन्तर्वार्ता प्रकाशित भएपछि दाहालको वास्तविक आकृति जनमानसमा आयो । शान्ति प्रक्रियामा आउने विचार व्यक्त गर्दै फोटो र अन्तर्वार्ता दिन स्वीकृति दिएको लेखमा पनि उल्लेख छ । त्यसपछि मात्रै धेरैले थाहा पाए छद्मरुपमा रहेर उनले आन्दोलन चलाएका रहेछन् ।

सधैँजसो हत्याका खबर आइरहन्थे । एकदिन काम विषेशले रत्नपार्कमा हिँडिरहँदा विश्व हिन्दु संघका अध्यक्ष पण्डित नारायण पोखरेललाई धार्मिक कार्यमा बुटवल नजिक रुपन्देही जिल्लामा भएका समयमा एकाबिहानै ६ जना बन्दुकधारीले नौवटा गोली हानी निर्मम हत्या गरेछन् । यो विषय साप्ताहिक पत्रिका बेच्ने हकरले कराईकराई भट्याइरहेको सुने । पुराण भनेर सामाजिक कार्यमा पैसा संकलन गरिहिँडेका मानिस पनि निसाना बनाए ! यसरी आतंक फैलिँदै गयो । यो परिस्थितिमा दुई बन्दुकको मारमा सोझा मानिस पनि परे र गाउ“ छोडेर हिँड्नु बाध्यता नै बन्यो ।

स्थानीय तहमा माओवादी विद्रोहको र राज्यपक्षको लडाइँको पीडाबीच जनता पिल्सिए । यही आतंकका कारण हालका वर्षहरुमा त दिदीबहिनीलाई माइतमा लिन जाने दाजुभाइले पनि घर छोडिसकेका गुनासा सुनिन्छ भने खेतबारी पनि बाँझै हुन थाल्यो । गाउँमा त छोडेर जान नसक्ने अशक्त, वृद्धवृद्धा र बालबालिकामात्र बाँकी रहे । कैयौं विधवा महिलाले सभा थर्कने गरी रुदँ“ सहिद पत्नीका हिसाबले क्षतिपूर्ति स्वीकारे । उनीहरुले क्षतिपूर्ति लिए पनि परिवारको घरमूलीको मूल्यबीचको तुलना गर्न सकिएला ?

माओवादीले सबैलाई तह लगाएका छन् हैन ?

अझ कतिले त कसैको काम बनेन भने “म त माओवादी भैदिन्छु ।”  ‘‘किन माओवादी नहुने त ?’’  भन्ने गर्थे । मानिसलाई विद्रोही बनाउने वातावरण भएको हाम्रो सामाजिक आर्थिक र प्रशासनिक शैलीले पनि आवेगमा ल्याउन मद्दत गर्यो । पिछडिएको वर्ग, महिला र  दलितको सामाजिक आर्थिक अवस्था, गाउँको  र सहरको रहनसहन जीवन स्तरमा भिन्नता भएका कारण पनि धेरै युवा बहकिएर यस्तो हिंसात्मक कार्यमा भाग लिन पुगे ।

विदेशमा व्यवस्थित भएर बसेका केही नेपालीसम्म पनि माओवादीले सबैलाई तह लगाएका छन् हैन ? भनी सोध्न थाले । त्यो सुनेर म छक्क पर्थेँ । देशमा अशान्ति, निहत्था मानिस मारिएका बेला अर्काको देशमा माओवादी पीडित भनेर आश्रय लिएर नागरिकता बनाएर अमेरिका बस्ने अनि हामी आफ्नो देशमा बसेकालाई यस्तो प्रश्न गर्ने ? मानिसमा मानवता हराएको नै हो जस्तो लाग्यो ।  अर्कातिर माओवादी पीडितलाई मद्दत गर्ने पनि थिए रे ! तर, यसरी अभिव्यक्ति दिनेको पनि कमी थिएन । त्यतिबेला २०५८ साल साउनतिर माओवादीले युद्धविराम गरेका थिए । मंसिर महिनामा नै युद्धविराम भंग गरी आक्रमण गर्न थाले । सरकारले संकटकाल घोषणा गर्यो र माओवादीविरुद्ध सेना परिचालन गर्यो । नेपाली नेपालीबीच मर्नेमार्ने शृंखला झन् बढ्यो

मोहन मैनाली लिखित ‘मान्ठा डराएको जुग’ पुस्तक पढ्दा त्यसताकाको रुवावासी र कारुणिक परिस्थिति छर्लङ्ग हुन्छ । कालीकोटको एयरपोर्ट खन्ने काम खुलेको सुनेर दुई चार पैसा कमाउन १५ देखि ६० वर्षसम्मका कालीकोट काम गर्न गएका र त्यहाँ सेनाले माओवादी भनि अन्धाधुन्ध गोली चलाउँदा ३५ जनाको मारिएका थिए ।  समाचारमा भने सैनिक र माओवादी भिडन्त भन्ने खबर आयो । अनि घरका मानिसहरुलाई एयरपोर्ट बनाउन कुल्ली काममा गएका युवालाई आतंककारी भन्दै हत्या गरेको अनुमानै नभएको पुस्तकमा लेखिएको छ । यसरी निर्दोष मानिसको निर्मम हत्या र यातनाका लागि तत्कालीन सरकार र माओवादी विद्रोह मच्चाउने दुवै निर्मम, दया र विवेकहीन देखिन्छन् । यस विद्रोहलाई डर, त्रास वा वैचारिक समर्थनका हिसाबमा पिछडिएका मात्र होइन कि केही धनी र बुद्धिजीवीले पनि साथ दिए ।

यसरी हेर्दा नेपालको गरिबी माओवादी विद्रोहको मुख्य कारण होइन एउटा कारक तत्त्वमात्र हो भन्न सकिन्छ । किनभने माओवादी विद्रोहका अगुवाहरु गरिब होइनन् । शान्ति प्रक्रियामा आएपछि र सत्ता सहभागिता भएपछि हेर्दा उनीहरु झन् धनी बनेका छन् । पैसाका लागि मरिमेटेका छन् । सत्ता प्राप्तिका लगि यो विध्वंश मच्चाइएको थियो वा नेपाली समाजका हितका लागि हो भन्न नसकिने भएको छ । 
अहिले प्रश्न उठ्छ – के परिवर्तनका लागि हिंसा र विध्वंश अपरिहार्य हुन्छ ? के बन्दुकमात्र परिवर्तनकारी अस्त्र हो ? 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC