site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पर्यटन प्रबर्द्धनमा निस्कियो गण्डकी प्रदेशको ५० जनाको टोली
Ghorahi CementGhorahi Cement

पोखरा । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको नेतृत्वमा ५० जनाको जम्बो टोली पर्यटन प्रबर्द्धनका लागि अन्तरप्रदेश भ्रमणमा निस्किएको छ । आठ दिने भ्रमणमा निस्किएको टोलीलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिदाई गरे ।  प्रदेश सरकारले चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रको लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

उक्त टोलीले प्रदेश नं. १, २, ३ र ५ को समेत भ्रमण गरी गण्डकी प्रदेशको प्रचारप्रसार गर्ने जनाएको छ । देशकै प्रमुख पर्यटकीय नगरी पोखरामा सिजनमा पनि पर्यटकको आगमनमा कमी हुँदा त्यसतर्फ ध्यान नदिई भ्रमण वर्षको अन्त्यमा अनावश्यक रुपले ठूलो रकम खर्चिन लागेको आरोप पर्यटन व्यवसायीहरुको छ । 

टोलीको बिदाईमा मुख्यमन्त्री गुरुङले ढिला गरी प्रबर्द्धनात्मक कार्यक्रम भएकोमा असन्तुष्टि पोखे । “यो कार्यक्रम जनवरी वा फ्रेब्रुअरीमा सुरु हुनुपर्थ्यो”, उनले भने, “ढिला गरी सुरू भएको छ, त्यसको क्षतिपूर्ति तीन महिनामा गर्नुपर्छ ।”

Agni Group

उनले नेपाल भ्रमण वर्ष २०२० तथा प्रदेश सरकारले नै घोषणा गरेको गण्डकी भ्रमण वर्ष २०२२ सम्म २० लाख पर्यटक ल्याउन छिमेकी देशमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने उद्घोष पनि गरे । 

Global Ime bank

पर्यटक ल्याउन हिँडेका हौँ : मन्त्री लम्साल

गण्डकीका पर्यटनमन्त्री लम्सालले अबका तीन महिनामा १५ लाख पर्यटक पोखरा भित्र्याउने उद्देश्यका साथ प्रबर्द्धनात्मक कार्यक्रम गरिएको दाबी गरे । प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष २०१९ सकिन अब तीन महिना मात्रै बाँकी छ । “यो अभियान २०१९ का लागि मात्र होइन, २०२२ सम्मका लागि हो, सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउन हामीले सुरुमा प्रदेशभित्र भएका पर्यटकीय चिजहरु बेच्न सक्नुपर्छ, त्यसकै प्रबर्द्धनका लागि यो अभियान सुरु भएको हो,” उनले भने ।

उनले पोखरा भ्रमणमा आउने पर्यटकलाई छुटसहितको प्याकेजका कार्यक्रमको पनि घोषणा गरे । गौरवशाली गण्डकी नारासहितको छुटमा पाँचवटा प्याकेज दिइएको छ । पश्चिमाञ्चल होटल संघसँगको समन्वयमा होटलमा १५ प्रतिशत, रेवानसँगको सहकार्यमा रेष्टुराँमा १० प्रतिशत, साहसिक पर्यटनसँग सम्बन्धित प्याराग्लाइडिङसहितका खेलमा १० प्रतिशत, नाट्टासँगको सहकार्यमा टुर प्याकेजमा १५, पर्यटकीय बाहनमा १५, ट्रेकिङका सामान किन्दा अनि इम्ब्रोइडरी पसलमा पनि त्यति नै छुटको व्यवस्था छ ।

यसैगरी टानसँगको सहकार्यमा पदयात्रामा निःशुल्क पथप्रदर्शक दिइने पनि प्याकेजमा उल्लेख छ । पर्यटन मन्त्रालयले सरोकारवाला निकायहरुसँगको सहकार्यमा यो प्याकेज घोषणा गरेको जनाएको छ । 

पर्यटनमन्त्री विकास लम्सालले आन्तरिक भ्रमण वर्षभर करिब १० लाखवटा सहुलियत कार्ड बाँडिने बताएका छन् । उनका अनुसार विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार बुटबलबाट यो कार्ड बाँड्न सुरु गरिनेछ । “सरोकारवाला निकायहरुसँग बसेर नै यो सम्झौता भएको हो, हामी कार्डमा नम्बर पनि लगाउँछौँ, कार्ड लिएर आउने ग्राहकलाई भनेको छुट नदिएमा कारवाही हुन्छ, यो योजना यो वर्षभर लागु गरिनेछ, ” उनले भने । 

आन्तरिक पर्यटकलाई निम्तो दिन निस्केको मन्त्रालयको टोलीले हरेक जिल्लामा पुगेर सहुलियत कार्ड बाँड्ने र यसको प्रभावकारी कार्यान्वयमा पनि जोड दिइने उनले बताए । आधिकारिक संस्थासँग गरिएको सम्झौताअनुसार आधिकारिक संस्थामा आवद्ध होटल वा व्यवसायी कहाँ गएर छुट माग्न पनि उनले सर्वसाधारणसँग आग्रह गरे ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC