site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वर्षको डेढ अब नाफा हुने मेडिकल शिक्षाको व्यापार गर्नेहरूले नियमनमा अलिकति कडा हुन थालेपछि सरकारलाई कलेज चलाउन नसक्ने भन्दै घुर्की लगाउन थालेका छन् । मूलतः चिकित्सा शिक्षा कालो बजारमा बिक्न थालेपछि प्राध्यापक डा. गोविन्द केसीले विकृति अन्त्यका लागि अभियान थालेपछि सरकार बेमनसँग शुल्क निर्धारण गर्न राजी भएको थियो । सरकारलाई सचेत गराउन डा. केसीले कैयौंपटक अनशन गरेका थिए । सरकारको साथ भने ‘मेडिकल माफिया’ले पाएको थियो । शुल्क निर्धारण भए पनि सरकारले अनुगमनमा खासै ध्यान दिएको छैन । तैपनि विद्यार्थीहरू स्वयं नै सजग भएर बढी शुल्क नतिर्न कैयौंपटक आन्दोलन गरिसकेका छन् । विशेषगरी अतिरिक्त शुल्कका नाममा अपारदर्शीरूपमा तोकिएभन्दा धेरै रकम माग्न थालेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् । 

सरकारले शुल्क तोक्दा र मेडिकल कलेजमा पढाउन पाइने सिट निर्धारण गर्दा निश्चित मापदण्ड अपनाउनु पर्ने भएपछि पहिलेजस्तो मनपरी गर्न सरकारी अधिकारी र मेडिकल कलेज सञ्चालकले पाएनन् । यही कारणले उनीहरूले ‘शुल्क र सिट’ घटाउँदै जाने हो भने कलेज चलाउन नसक्ने घुर्की सरकारलाई लगाएको हुन् ।    समाजमा मेडिकल कलेज सञ्चालकहरूको छवि सकारात्मक छैन । उनीहरूलाई ‘मेडिकल माफिया’का नामले पुकारिन्छ । अहिलेको तिनको घुर्कीप्रति पनि जनसमर्थन देखिँदैन । कतिपयले त सरकारले यही बेला चिकित्सा शिक्षा पूरै राष्ट्रियकरण गर्नुपर्ने सुझाव पनि दिएका छन् । यस्तो सुझाव दिनेहरूले अहिलेका मेडिकल कलेजहरू सरकारले लियो भने कसरी सञ्चालन गर्ला भन्ने विषयमा भने खासै ध्यान दिएको देखिँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी प्रतिष्ठानहरू राम्ररी सञ्चालन गरिएको उदाहरण बिरलै पाइन्छ । सरकारलाई सबै मेडिकल कलेज राष्ट्रियकरण गर्न भन्न हिचकिचाउनु पर्ने कारण यही हो । नत्र, चिकित्सा शिक्षा राज्यले पूरै जिम्मा लिनुपर्ने क्षेत्र हो । कथित ‘मेडिकल’ माफिया र सत्तारुढ दलका नेताहरूको हिमचिमका बारेमा सबैलाई थाहै छ । मेडिकल कलेज सञ्चालकहरूको सम्बन्ध विपक्षका राजनीतिक नेताहरूसँग पनि निकै घनिष्ठ रहेको देखिन्छ । संसदीय समितिले त असान्दर्भिकरूपमा समेत उनीहरूका पक्षमा प्रतिवेदन दिएको सार्वजनिक भएको छ । ‘मार्सी भात’ प्रकरण ‘मेडिकल माफिया’ र सत्ताका सञ्चालकहरूबीचको निकटताको उदाहरण हो । यी सबै तथ्य हेर्दा सरकारलाई मेडिकल कलेज जिम्मा लगाउने घुर्की अवैध शुल्कलाई वैध बनाउने रणनीतिको अंगजस्तो देखिन्छ । अहिले भर्ना भएका विद्यार्थीलाई अलपत्र पार्न नदिने सरकारको पहिलो काम हो । 

मेडिकल कलेज सञ्चालकहरूले साँच्चै नै कलेज चलाउनै नसक्ने भएका हुन् भने सरोकारवाला सबै पक्ष राखेर सरकारले त्यसको व्यावहारिक निष्कर्ष निकाल्नुपर्छ । मेडिकल कलेज सञ्चालकहरूको घुर्की अहिलेको विद्यार्थी आन्दोलनलाई मत्थर पार्ने, र मेडिकल कलेजमा शुल्क र सिट बढाउने रणनीतिमात्र हो भने राज्य यस्तो ‘ब्ल्याकमेल’का सामु झुक्नु हुँदैन । मेडिकल कलेजहरू राज्यकै सम्पत्ति हुन् । तिनलाई ढल्न दिनु हुँदैन । तर, सरकारले मापदण्डहरू पालन नगर्ने र अवैध शुल्क असुल गर्ने प्रवृत्तिलाई पनि प्रोत्साहित गर्नु हुँदैन । यसैले सरोकारवाला सबैसँग यथाशीघ्र गहन छलफल गरी २०७६÷७७ को शैक्षिक सत्रका लागि प्रवेश परीक्षा दिएर बसेका विद्यार्थीलाई एमबीबीएस र बीडीएसमा पढ्न पाउने सुनिश्चित गर्नुपर्छ । सरकारले अहिले आलटाल गर्न खोज्यो भने सक्नेहरू त विदेश जानेछन् नसक्नेहरूको भविष्य बिग्रनेछ । एक वर्षमात्र पनि पढाइ सञ्चालन भएन भने राष्ट्रको ठूलो क्षति हुन्छ भन्ने चिकित्सा शिक्षा आयोगका अध्यक्ष रहेका प्रधानमन्त्रीले हेक्का राखून् !  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC