site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालीलाई झस्काउने सम्झौता
Ghorahi CementGhorahi Cement

अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चीन सरकारले कम्तीमा नेपालका सन्दर्भमा औपचारिक रूपमै आ-आफ्ना स्थिति स्पष्ट पारेका छन् । चीनको राजनीतिक प्रणालीअनुसार त्यहाँको पार्टीले गर्ने सम्झौता सरकारकै हो भन्ने बुझ्न कठिन हुँदैन । यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीसँग नियमित सैद्धान्तिक सहकार्य गर्ने सम्झौता गरेर नेकपाले पनि आफूलाई चिनियाँ राजनीतिक पद्धतिको समर्थकका रूपमा उभ्याएको छ । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच यही मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको उपस्थितिमा सहकार्यको छ बुँदे सम्झौता भएको छ । यसअघि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई ‘प्रशिक्षण’ दिएका थिए । दुई देशका कम्युनिस्ट पार्टीहरूबीचको ‘मित्रतापूर्ण’ सम्बन्ध अब ‘सैद्धान्तिक’ सहकार्यको तहमा पुगेको दाबी नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले गरेका छन् । 

हुनत, नेपाल कमयुनिस्ट पार्टी (नेकपा)ले नेपालको प्रचलित शासन पद्धतिलाई सिद्धान्ततः आत्मसात नगरेको उसका घोषणाहरूलाई राम्ररी हेर्ने हो भने स्पष्टै देखिन्छ । तर, नेकपाको अभीष्ट अन्ततः एकदलीय अधिनायकवादी शासन व्यवस्था नै हो भन्ने भने यसभन्दा पहिले यति स्पष्ट भएको थिएन । यस्तै, चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र सबै राजनीतिक शक्तिसँग समान व्यवहार गर्ने मित्र राष्ट्र मानिन्थ्यो । नेकपासँगको सम्झौतापछि चीनको तटस्थता सन्देहरहित रहेन । सबैलाई थाहै छ, चीनको शासन प्रणालीमा सरकार र पार्टी अभिन्न अंग हुन् । यसैले पार्टीले नेकपासँग सैद्धान्तिक सहकार्य गर्नुको अर्थ सरकार पनि नेकपासँग जोडिनु हो । सत्तारुढ नेकपालाई चीन समर्थक पार्टीका रूपमा हेर्ने पश्चिमाहरूको दृष्टिकोण पनि सही हुन पुगेकोे छ । यसैले चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको ‘सहकार्यको सम्झौता’ले नेपालका अरू दलहरूलाई झस्काएको हुनुपर्छ । 

Agni Group

दुई कम्युनिस्ट पार्टीबीचको सम्झौता भनेर यसलाई सामान्यीकरण गर्ने प्रयत्न गरिए पनि नेपालको आन्तरिक राजनीतिमा चीनले एउटा पार्टीको पक्ष लिएको सन्देश यस सम्झौताले दिएको छ । यस सन्देशले भारतलगायत अरू शक्ति राष्ट्रहरूलाई पनि नेपालमा यस्तै सम्बन्ध खुलारूपमै बढाउने अवसर पनि दिएको छ । अब नेपालका दलहरूले अस्तित्वकै लागि पनि विदेशी शक्तिको आड लाग्नुपर्ने हुन पुगेको छ । नेपालका दलहरूमा चीन समर्थक र विरोधीका रूपमा ध्रुवीकरण हुनु निश्चय पनि दुःखद पक्ष हो । चीनका राष्ट्रपति सी चिन फिङ नेपालको भ्रमणमा आउन लागेको बेला यो सम्झौता भएको छ । राष्ट्रपति सीको भ्रमणको पूर्व सन्ध्यामा चीन नेपालको कुनै दलसँग गाँसिएकोे सन्देश दिने सम्झौता नगरेको भए राम्रो हुन्थ्यो ।

राष्ट्रपति सी नेपाली सबैका साझा र आदरणीय पाहुना हुन् । तर, दलगत ध्रुवीकरणमा सहायक भएर चिनियाँहरूले नै सीलाई नेपालका कम्युनिस्टहरूका मात्र अतिथि बनाउन खोजे । नेपालका अरू राजनीतिक शक्तिले अविश्वास गर्ने अवस्था उत्पन्न भयो भने सीको भ्रमण विवादरहित हुनसक्तैन । यसैगरी अरू देशका सत्तारुढ दलहरूले पनि वैचारिकरूपमा निकट विभिन्न दलहरूसँग यस्तै सम्झौता गर्न थाले भने देशमा कस्तो राजनीतिक अवस्था उत्पन्न होला अहिले अनुमान पनि गर्न सकिँदैन । दुवै देशका सत्तारुढ कम्युनिस्ट पार्टीहरूको सम्झौताले नेपालमा चीनविरुद्ध अविश्वास बढायो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । यसैले विपक्षी दलहरू विशेषगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कूटनीतिक परिपक्वता र सुझबुझ देखाउनु आवश्यक छ । 

Global Ime bank

चीन छिमेकको राजनीतिमा संलग्न  नहुने नीति छाडेर नेपालको आन्तरिक मामिलामा मुछिन थालेको हो भने त्यसकोस्पष्ट शब्दमा विरोध गर्नुपर्छ तर नेकपाका नेताहरूको बोलीलाई आधार मानेर चीनका विरुद्ध उत्ताउलोपन देखाउनु उचित हुँदैन । अहिलेसम्म चीन नेपालको आन्तरिक राजनीतिमा तटस्थ रहेर भलो चिताउने मित्रका रूपमा रहेको छ । आगामी दिनमा पनि चीनकै लागि समेत त्यही भूमिका लाभदायी हुनेछ । चीन नेपालमा जति बढी संलग्न हुँदै जान्छ उति नै चीन विरोधीहरू पनि सक्रिय हुन्छन् । जति नै उपस्थिति बढाए पनि र सत्तारुढ दललाई च्यापे पनि चीनले नेपालका सबै राजनीतिक शक्तिलाई विश्वासमा लिन सकेन भने चीनविरोधी गतिविधि रोक्न सक्तैन भन्ने हेक्का राख्नुपर्छ । जेहोस्, चीनको नयाँ ‘अवतार’प्रति चनाखो हुनु त जरुरी छ तर अपरिपक्व टिप्पणी गर्नु आवश्यक छैन । कम्तीमा सीको स्वागतमा यस सम्झौताको छाया पर्न दिनु हुँदैन ।    
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC