site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सञ्जीव उप्रेतीको नयाँ उपन्यास ‘हंस‘ आउँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साहित्यकार सञ्जीव उप्रेतीको नयाँ उपन्यास ‘हंस’ यस वर्षको विजया दशमीको संघारमा सार्वजनिक हुने भएको छ । १२ वर्षअघि ‘घनचक्कर’ उपन्यास प्रकाशनपछि बौद्धिक श्रष्टाको उपमा पाएका उप्रेती यो उपन्यास भने सरल र सहज भाषाशैलीमा लेखेको बताएका छन् ।
२५ वर्ष त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा प्राध्यापन गरेका उप्रेतीले यो उपन्यासमा पर्यावरणीय संकट र मानवेत्तर प्राणीका कथालाई मानवीकरण गर्दै मानवकेन्द्रित विश्व दृष्टिलाई विस्थापन गर्ने कोसिस गरेका छन् ।
“प्रकृतिलाई मूर्तरुपमा बुझ्नुपर्यो भनेर चरा र मान्छेका सम्बन्धको कथा लेखेको हुँ । उपन्यासमा चराको भाषा र संवादलाई समेत प्रयोगात्मकरुपमा प्रस्तुत गर्ने कोसिस गरेको छु,” उनले भने ।  चरामा समर्पित १२ खण्डमा विभाजित छ हंस । प्रकाशन गृह 
बुक–हिलका अध्यक्ष भूपेन्द्र खड्का भन्छन्, “हंसले नेपाली आख्यान लेखनमा स्तरीयताको प्रतीक्षा गरिरहेका पाठकको अपेक्षालाई पूर्ति गर्नेछ । साथै, आख्यान क्षेत्रका निम्ति पनि यो उपन्यास मानक 
बन्नसक्छ ।”
२३२ पृष्ठको उपन्यासको मूल्य ४ सय रुपैयाँ राखिएको छ । उपन्यास यही असोज ११ गते शनिबार सार्वजनिक हुने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC