site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समीक्षामा दाङ कांग्रेस, जागरण अभियान भोलि सकिँदै
Sarbottam CementSarbottam Cement

दाङ । नेपाली कांग्रेस दाङले सुरु गरेको दोश्रो जागरण अभियान भोलि घोराहीमा विरोध र्यालीसहित औपचारिक कार्यक्रम गरेर सकिँदैछ । दाङ कांग्रेसले यसबीचमा दाङका तीन निर्वाचन क्षेत्रका दशवटै पालिका अन्तर्गत सबै उपनिर्वाचन क्षेत्रहरुमा विविध कार्यक्रम गर्न भ्याएको छ । 

यस क्रममा पार्टी कारवाहीमा परेका बाहेक विभिन्न कारणले रुष्ट भएका कार्यकर्ताहरु अभियानमा जोडिएको दाङ कांग्रेसले जनाएको छ । “दोश्रो जागरण अभियानलाई पार्टीका कार्यकर्ताका कुरा सुन्न उहाँहरुकै भएको ठाउँमा र कतिपय ठाउँमा औपचारिक कार्यक्रम गरियो । जसले गर्दा यो अभियान सफल भएको छ,” नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकर डाँगीले भने । उनले यसलाई एकताको अभियान पनि भनेका छन् ।
प्रदेश–प्रदेशमा जागरण विगतका दिनहरुमा पार्टीमा क्रियाशिल रहेका तर विभिन्न कारण पाटीमा सक्रिय हुन नसकेका नेता तथा कार्यकर्तालाई जागरण अभियानका क्रममा भेटेर पार्टी निकट ल्याउन सफल भएको जिल्ला सचिव डाँगीले दाबी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेसले दोश्रो जागरण अभियान अन्तर्गत जिल्लामा केन्द्रीय प्रतिनिधिसहित जिल्लास्तरका नेताहरु हरेक स्थानीय तहका वडा–वडामा पुगेर कार्यकर्ताहरुसँग भेटघाट गर्ने र पार्टीका बारेमा छलफल गरेको थियो । जागरण अभियानले कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा भएको असन्तुष्टि हटाएको र एकताको सन्देश दिएको कतिपयको बुझाइ छ । यसको उपलब्धि भोलीका दिनमा हुने कांग्रेसको गतिले समीक्षा गर्ने उनीहरुको तर्क छ । पार्टीको जागरण अभियानले कार्यकर्ता र नेताबीचको विगतको दुरी कम गर्नुका साथै कार्यकर्ताहरुकै घर–घरमा पुग्दा उत्साह समेत थपिएको नेपाली कांग्रेस क्षेत्र नम्बर २ का कोषाध्यक्ष भद्र खड्काले बताए । पार्टीको जागरण अभियानमा केन्द्रीय प्रतिनिधिसहित जिल्ला स्तरका नेताहरु, क्षेत्रीय, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतका भ्रातृ संघसंस्थाका नेताहरुको सहभागिता रहेको थियो ।

दोश्रो जागरण अभियानको मूल मर्म अनुसार स्थानीय तहका हरेक वडामा पुगेर पार्टीका तल्लो स्तरका नेता तथा कार्यकर्ताहरुसँग स्थानीय तहका जनप्रतिनिधिबाट भएका विकास निर्माणका कामहरुका बारेमा छलफल समेत भएको नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भुपबहादुर डाँगीले बताए । कांग्रेसको जागरण अभियानलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले मन, बचन र कर्मले आत्मसात् गर्न सके पार्टीलाई सुदृढ गर्न सकिने नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति बिरकेश्वरी गौतमले बताए । “कांग्रेसले कार्यक्रम मात्र गर्ने होइन, जनताको मन जित्ने गरी अघि बढ्नुपछ,”पूर्व जिल्ला सभापति गौतमले भने, “भेटघाट र छलफलसँगै पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गर्न ध्यान दिनुपर्छ ।”

Global Ime bank

जागरण अभियान अन्तर्गत दाङ क्षेत्र नं. १ (क) मा जनक चौधरी, १ (ख)मा सुशीला शाह, क्षेत्र नं. २ (क)मा उमा दाहाल र २ (ख)मा ध्रुव पुरी र क्षेत्र नं. ३ (क)मा सुरेन्द्र हमाल र ३ (ख)मा मोहन बराललाई नेपाली काग्रेसले केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका थिए । जागरण अभियान भदौ २४ गतेदेखि सुरु भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC