site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पोखरा । विश्व पर्यटन दिवसमा पोखरा आउने पर्यटकलाई बाजा बजाउँदै फूलमालाले स्वागत गरिने भएको छ । सेप्टेम्बर २७ अर्थात, असोज १० गते पहिलो फ्लाइटबाट पोखरा भित्रिने पर्यटकलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने तयारी पोखराका पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाहरुले गरेका छन् । सडकमार्गबाट भित्रिने पर्यटकलाई पनि बसपार्कमा नै पुगेर आतिथ्यतासहित स्वागत गरिनेछ ।

पर्यटकहरुलाई स्वागतपश्चात सोही दिन रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) कास्कीले एकदिने सडक महोसत्वको आयोजना समेत गरेको छ । पर्यटकलाई स्वागत गर्ने र महोत्सवमा सहभागी गराउने, संस्कृति प्रदर्शन गर्ने र पर्यटन प्रबर्द्धन गर्ने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उता, गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ अन्तर्गत सोही दिन सुनौली नाकामा पुगेर नेपाल भित्रिने पर्यटकहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । आन्तरिक पर्यटन प्रबरद्धन गर्न असोज ९ देखि गण्डकी प्रदेश सरकारले प्रदेश नं. ५, ३, २  र १ मा पुगेर सेल्स मिसन कार्यक्रम गर्दैछ । जसको नेतृत्व स्वयम् विभागीय मन्त्री विकास लम्सालले गर्दैछन् ।

५० जनाको सहभागितामा अन्तरप्रादेशिक पर्यटन प्रबर्द्धनसँगै पोखरामा भने सडक महोत्सव कार्यक्रमको आयोजना गरिएको हो । “सडकमै खाऔँ, सडकमै रमाऔँ” नारासहित आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य लिइएको रेबान पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।

Global Ime bank

उक्त दिन पोखराको लेकसाइडस्थित बाराहीचोकदेखि फिस्टेल गेटसम्मको सडकमा महोत्सव सञ्चालन हुनेछ । महोसत्वमा सांस्कृतिक कार्यक्रमको अलावा विभिन्न परिकारका खाद्यान्न समेत सडकमा नै उपलब्ध हुनेछन् । “पर्यटन र रोजगार सबैका लागि राम्रो भविष्य” नारासहित ४० औँ विश्व पर्यटन दिवस आगामी शुक्रबार विश्वभर मनाईँदैछ ।

महोत्सव अवधिमा साँझ ५ बजेबाट राति ११ बजेसम्म पर्यटकलाई नेपाली साँस्कृतिक झाँकी, वृत्तचित्र प्रदर्शनीलगायतका मनोरञ्जनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक सूर्य भुजेलले जनाए ।

महोत्सव परिसरको क्षेत्रलाई नो भेहिकल जोन समेत घोषणा गरिएको छ । महोत्सवमा आउने पर्यटकहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकार, जातीय तथा धार्मिक संस्कृति सहितको कार्यक्रम, लाईभ ब्याण्ड, पञ्चेबाजा, गन्दर्भ गायनको समेत मनोरञ्जन लिन पाउनेछन् ।

पहिलो फ्लाइटबाट पोखरा भित्रिने तीन पर्यटकलाई बाजागाजासहित स्वागत गर्दै तीनजना पर्यटकलाई प्याराग्लाइडिङ, हाइकिङ, पोखराको दृश्यावलोकन र डिनर निशुल्क प्रदान गरिने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC