site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भूकम्पपछिको निजी घरको पुनःनिर्माण काठमाडौं उपत्यकामा धेरै कम भएको रहेछ । पुनःनिर्माणका लागि जिम्मेवार सरकारी निकाय राष्ट्रिय पुनः निर्माण प्राधिकरणको अभिलेखमा उपत्यकाबाहिर ५७ प्रतिशतभन्दा धेरैले निजी घर बनाइसक्ता उपत्यकाका तीन जिल्लामा भने २८ प्रतिशत भूकम्पपीडितले मात्र बनाएका छन् । घर बनाउनेको अनुपात करिब आधा कम भएपछि अनुदानको पहिलो किस्ता बुझेर घर बनाउनेको संख्या उपत्यकामै धेरै हुने नै भयो । उपत्यकाभित्र अनुदानको पहिलो किस्ता बुझे पनि ५९ प्रतिशत जति भूकम्पपीडितले घर बनाएका छैनन् । बाहिर भने अनुदानको पहिलो किस्ता बुझेर पनि घर नबनाउनेको अनुपात करिब २० प्रतिशतमात्रै रहेछ । अनुदान लिएर घर बनाउँदै गर्नेहरूको अनुपात भने दुवितिर २७ प्रतिशत जति रहेछ । निजी आवास निर्माणका लागि सहायता पाउन योग्यमध्ये अनुदान सम्झौता गर्नेको अनुपात पनि काठमाडौं उपत्यकामै कम देखियो । यसबाट अनुदानको प्रक्रिया र कार्यविधिमै त्रुटि रहेको पुष्टि हुन्छ । 

भूकम्पपछिको उद्धार र आकस्मिक सहायतामा नेपालको उपलब्धि उदाहरणीय रहेको थियो । पुनःनिर्माणको चरणमा भने नेपाल अपेक्षाकृत विफल भयो । उद्धार र आकस्मिक सहायताका चरणमा मूलतः सुरक्षाकर्मी र स्वयंसेवीहरू संलग्न थिए । कागजी प्रक्रियामा खासै अलमलिनु परेको थिएन । पुनःनिर्माणका लागि अधिकारसम्पन्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गरिए पनि मूलतः निजामती सेवाका कर्मचारीको जिम्ममा गयो । निजामती कर्मचारीले साध्यभन्दा साधनमा बढी जोड दिए । उनीहरूको जोड कागजी प्रक्रियामा गयो । नियमावली र निर्देशिका निमार्णलाई नै तिनले पुनःनिर्माण ठाने । पुनःनिर्माणको मानवीय पक्षलाई गौण बनाइयो । व्यक्ति, स्थान र समाजका आआफ्नै समस्या एवं विशेषता हुन्छन् भन्नेमा ध्यानै दिइएन । सम्भवतः यही कारणले उपत्यकामा अनुदानको सम्झौता गर्ने र दोस्रो किस्ता लिनेहरूको अनुपात यति थोरै भएको हुनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उपत्यकामा पनि अनुदानको दाबी नै नगर्ने र पहिलो किस्ता लिएर घर नबनाउनेमा पक्कै पनि रैथानेहरूको संख्या धेरै हुनपर्छ । कारण, उपत्यकाका हजारौं वर्ष पुराना बस्तीका मौलिक  समस्यालाई पुनःनिर्माणका लागि मापदण्ड र प्रक्रिया निर्धारण गर्दा ध्यानै दिइएन । नयाँ सहरी भेगका अपेक्षाकृत नयाँ बस्तीलाई सुहाउने प्रक्रिया र मापदण्डले पुराना बाक्ला बस्तीका समस्यालाई सम्बोधन गर्न सकेनन् । यसैले उपत्यकाका बहुसंख्यक लाभग्राहीका लागि राज्यले दिने अनुदान 'तातो पिँडालु' जस्तो हुन पुग्यो । सहरभित्र सयौं वर्ष पहिले बनाइएको र पुस्तौं अंशबन्डा गरेको घरको न्यूनतम क्षेत्रफल मापदण्ड अनुरूप पुग्दैन । कतिपय पुराना सहरको बाहिरी बस्तीमा दसौं पुस्तादेखि बस्दै आएको घरको जग्गा धनी प्रमाण छैन । स्ववासी घडेरीलाई मान्यता दिने व्यवस्था पुनःनिर्माण प्राधिकरणको मापदण्डमा छैन । उपत्यकामा त टोखाको समस्या हरिसिद्धिको भन्दा अलग्गै छ । बाबुका पालादेखि भान्सा अलग गरेर बसेको काका र भतिजाको घर पुनःनिर्माणमा बेग्लै प्रकारको समस्या हुन्छ ।

कर्मचारीले यस्ता यथार्थ बेवास्ता गरे पनि अब त स्थानीय तहको निर्वाचन भएको छ । यसैले यस्ता समस्यामा जनप्रतिनिधिले ध्यान दिनु आवश्यक देखिन्छ ।  गाउँका तुलनामा उपत्यकामा घर बनाउन धेरै खर्च लाग्छ । अझ भित्री सहरमा झन् बढी खर्च हुन्छ । यसैले सहर र गाउँमा बराबर अनुदान दिने नीति न्यायपूर्ण हैन । उपत्यकाका सबै पुराना सहरहरूमा अझै थुप्रै घरहरू टेकाका भरमा धानिएका छन् । धरापजस्ता घरमा बस्ने रहर पक्कै ती घर धनीलाई छैन । राज्यले सहयोग गरे उनीहरू पनि पुनःनिर्माण गर्न तयार हुनेछन् । यसैले जनताका समस्या सम्बोधन गर्नेगरी नियम र मापदण्ड  संशोधन गरेर पनि पुनःनिर्माण सार्थक बनाउन सरकारले ध्यान देओस् । पुरानो संरचना जोगाएर आधुनिक सुविधायुक्त सहर बनाउने मौका अझै छ । बुद्धि पुगोस्  !
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC