site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तरुण दल महासचिवलाई साइबर क्राइममा मुद्दा लगाइने 
Sarbottam CementSarbottam Cement

पोखरा । तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीलाई साईबर क्राइमको मुद्दा लगाइने भएको छ । शनिबार पोखरामा तरुण दलका कार्यकर्तासँग कुरा गर्दै अध्यक्ष जीतजंग बस्नेतले संगठनलाई बिगार्नमा उद्धत भएको हुँदा महासचिव शाहीलाई बर्खास्ती गरिएको र महासचिव रिक्त रहेको बताए । 

यस्तै, उनले सामाजिक सञ्जालबाट व्यक्तिगत प्रतिष्ठामा आँच आउनेगरि झुठा आरोप लगाएको हुँदा त्यसको विरुद्धमा कानूनी उपचारमा जाने तयारी भइरहेको बताए । 

तरुण दलका अध्यक्षले आर्थिक अपचलन गरेको आरोपसमेत शाहीले लगाएका थिए । उक्त आरोपका कारण सामाजिक प्रतिष्ठामा आँच आएको र आफूलाई दोषी देखाईएको हुँदा त्यसको विरुद्धमा कानूनी लडाई लड्ने बस्नेतले बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

शाहीको बर्खास्तीबारे पार्टीका सभापतिदेखि वरिष्ठ नेताहरुलाई जानकारी गराएरै उनीहरुको सहमतिमा पदमुक्त गरिएको उनले बताएका छन् ।

“सहमतिमै उहाँलाई बर्खास्त गरिएको छ, तरुण दलमा महासचिव छैन, संगठन बिगार्नेहरुलाई सभापति सहितका नेताहरुको सहमतिमै हटाइएको हो, तरुण दल अब पहिलेकै अवस्थामा आउँछ, म सबै तरुण साथीहरुलाई के आग्रह गर्दछु भने, तपाईहरु ढुक्क भएर संगठनमा लाग्नुस,” उनले भने ।

Global Ime bank

नेपाली कांग्रेसको जागरण अभियान चलिरहेको बेलामा पार्टीको भातृसंगठनको किचलोले जागरण अभियान नै प्रभावित भएको भन्दै कार्यकर्ताहरुले बस्नेतसमक्ष सत्यतथ्य बताउन आग्रह गरेका थिए । कार्यकर्ताको गुनासोपछि बस्नेतले तरुण दलमा रिक्त महासचिव छिटै नियुक्त गरिने र संगठनको छवि र प्रभाव पहिलेजस्तै बनाइने प्रतिबद्धता व्यक्त गरे ।

बर्खास्तीअघि महासचिव शाहीले व्यक्तिगत रुपमा भेट्न भनेता पनि आफूले व्यक्तिगत रुपमा नभेट्ने र सार्वजनिक रुपमा नै भेटघाट गरिने जवाफ दिएको बताए ।

गएको भदौ २८ गते दलका अध्यक्ष र महासचिवले एकपछि अर्को विज्ञप्ति निकाल्दै एकअर्कालाई बर्खास्ती गरिएको जानकारी दिएका थिए ।

बर्खास्तीबारेका २ विज्ञप्तिको बारेमा भ्रममा नपर्न आग्रह गर्दै उनले महासचिवलाई मात्र बर्खास्त गरिएको र यसअघिका तरुण दलका कारवाही पनि यथावत नै रहेको प्रष्टीकरण दिए ।

तरुण दलभित्रको किचलोपछि पहिलोपटक पोखरा आएका बस्नेतले सबै तरुणहरु एक भएर अगाडि बढ्न आग्रह समेत गरे । अध्यक्ष बस्नेतको भनाइलाई कास्की तरुण दल अध्यक्ष मनोज गुरुङ, पर्वत तरुण अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले समेत समर्थन गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC