site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कलाकर्मी तथा सञ्चारकर्मी सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठान काठमाडौंले नेपाली नाट्य क्षेत्र र संगीतका अथक साधक हरिप्रसाद रिमालको ९५औं जन्म जयन्तीका अवसरमा नाट्य, संगीत तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

काठमाडौंको नाचघरमा विहिबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्पूर्ण सम्मानित व्यक्तित्वहरूलाई सम्मानित एवम् पुरस्कृत गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिष्ठानले २०७४–०७५–०७६ सालको हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत पुरस्कार क्रमशः चलचित्रकर्मी यादव खरेल, संगीतकार दीपक जङ्गम र नाट्यकर्मी शकुन्तला शर्मालाई प्रदान गरेको छ । त्यस्तै प्रतिष्ठानले २०७४–०७५–०७६ सालको हरिप्रसाद कल्याणी रिमाल सञ्चारसेवा सम्मानबाट क्रमशः सञ्चारकर्मी भारती सिलवाल गिरी, निरोधराज पाण्डे र पुरु रिसाललाई सम्मानित गरेको छ ।

प्रतिष्ठानले २०७६ सालदेखि दुई व्यक्तिलाई पपुलर सञ्चारकर्मी र नाट्यकर्मीका रुपमा पुरस्कृत गर्ने घोषणा गर्दै भूषण दाहाल र वीरेन्द्र हमाललाई पुरस्कृत गरेको छ । उक्त पुरस्कारको नगद राशी २५ हजार १११ रुपैयाँ रहेको छ भने सम्मानको राशी २१ हजार १११ रुपैयाँ रहेको छ । 

Global Ime bank

सोही अवसरमा सांस्कृतिक संस्थानले माथिको सानो हल नाट्यकर्मी हरिप्रसाद रिमालको नाममा नामाङ्कित गर्दै ‘हरिप्रसाद रिमाल प्रेक्षालय’ नाम दिएको छ । कार्यक्रममा प्रमुख अतिथि संस्कृति मन्त्री योगेश भट्टराईले हरिप्रसाद रिमालको कर्मशीलताको प्रशंसा गर्दै मन्त्रालयले प्रतिष्ठानलाई सहयोग गर्ने वचन दिए । कार्यक्रममा प्रा.डा. हेमचन्द्र नेपालले पुरस्कृत तथा सम्मानित व्यक्तिहरूका बारेमा बोलेका थिए ।

प्रतिष्ठानका अध्यक्ष नाट्यकर्मी प्रचण्ड मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले बोलेका थिए ।
     
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC