राजनीति
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।
संविधान दिवसमा दिएका शुभकामना सन्देशमा यस्तो उल्लेख छ ।
“समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य लिएको नेपालको संविधानले नागरिकका राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक हक अधिकारहरुको सुनिश्चित गरेको छ,” शुभकामना सन्देशमा भनिएको छ, “सदियौंदेखि पछि परेका समुदायलाई राज्यको मुल प्रवाहिकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको छ । संविधान प्रदत्त मौलिक हक अधिकार कार्यान्वयनको लागि संघीय संसद्ले आवश्यक कानुनहरु निर्माण गरी कार्यान्वयनको चरणमा पुगेको छ ।”
यस्तो छ उनले दिएको शुभकामना सन्देशः
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६ ०८:५९
प्रतिक्रिया दिनुहोस्