site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ, १६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा टुङ्गिएपछि प्रधानमन्त्री चयनको प्रक्रिया बहुमतीय प्रक्रियामा अगाडि बढ्ने भएको छ ।

राष्ट्रपति भण्डारीले यही साउन १० गते सहमतिको सरकार गठन गर्नका लागि एक साताको समय दिएकी थिइन् । सहमतिको सरकार गठनका लागि दिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको चयन प्रक्रिया बहुमतका आधारमा अगाडि बढ्ने र त्यसका लागि राष्ट्रपति कार्यालयबाट सोसम्बन्धी पत्र प्राप्त हुनुपर्नेछ । व्यवस्थापिका–संसद्को बैठक सोमबार तीन बजे राखिएको छ । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले सोसम्बन्धी जानकारी सदनलाई गराएर संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नेछिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेका छन् । नेकपा (एमाले) ले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

सचिवालयले सम्भवत यही साउन १९ गते नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ । सहमतिको प्रक्रिया लगभग अन्त्य भएपछि दलले बहुमतीय प्रक्रियाका लागि समर्थन जुटाउनका लागि प्रयास पनि सुरु गरेका छन् । काँग्रेस र माओवादी केन्द्रको संयुक्त कार्यदलले सरकारको प्राथमिकता र संयुक्त नीति तथा कार्यक्रमका बारेमा आवश्यक गृहकार्य गरिरहेको छ भने आन्दोलनरतः मधेसवादी दल र गठबन्धनको संयुक्त कार्यदल पनि छलफलमा जुटिरहेका छन् ।

Global Ime bank

रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC