काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५-७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सञ्चालक समितिको ३२३ औं बैठकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल २५.२६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८६ करोड ७६ लाख ४ हजार ५सय चालिसमा १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ रुपैयाँ बोनस सेयर तथा १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २७ हजार १ सय १४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ ।