site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राष्ट्रपति कार्यकालको अधिकांश समय युद्ध तथा द्वन्द्वबाट टाढा राख्न खर्चिएको छु: ट्रम्प
Sarbottam CementSarbottam Cement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कुनै पनि किसिमको युद्ध नचाहेको बताएका छन् । उनले साउदी अरबको तेल उत्पादन कम्पनीमा शनिबार भएको आक्रमणमा इरानको संलग्नता भएको हुनसक्ने बताएका छन् । 

अमेरिकाले साउदीमा भएको आक्रमणमा इरानको संलग्‍नता भए अथवा नभएको भन्‍ने विषयमा अनुसन्धान जारी राखेको छ । ट्रम्पले भने, "तर, स्याटेलाइटका तस्बिर र आक्रमणको शैली हेर्दा इरानले नै आक्रमण गरेको देखिन्छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रपतिय कार्यकालको अधिकांश समय युद्ध तथा द्वन्द्वबाट टाढा राख्न खर्चिएको उल्लेख गर्नै तत्काल साउदी अरबको पक्षमा नयाँ किसिमको द्वन्द्व नचाहेको स्पष्ट पारेका छन् । उनले भने, "म त्यो मान्छे हो, जो विश्वमा कुन पनि किसिमको युद्ध नहोस् भन्‍ने चाहन्छु ।"  उनले विदेशमन्त्री माइक पोम्पियो र केही अमेरिकी प्रतिनिधिले चाँडै साउदी अरबको भ्रमण गर्ने बताएका छन् । 

ट्रम्प क्याबिनेटका विदेशमन्त्री माइक पोम्पियो, उर्जामन्त्री रिक पेरीलगायतका मन्त्रिपरिषद्का सदस्यले भने साउदीको तेल उत्पादक कम्पनीमा भएको आक्रमणमा तेहरानको संलग्नता भएको दाबी गरेका छन् । ट्रम्पले उक्त आक्रमणमा जसको संलग्नता भए पनि पत्ता लगाएरै छाड्ने दाबी गरेका छन् । 

Global Ime bank

इरानमा राष्ट्रपति हसन राहुनीले भने उक्त आक्रमणमा हुथीविरुद्ध युद्ध गरिरहेका यमनीको संलग्नता भएको बताएका छन् ।  उक्त कम्पनीमा आक्रमण भएपछि तेल उत्पादनमा गिरावट आएपछि विश्वभर इन्धनको मूल्य वृद्धि भएको छ । जसले गर्खा मध्यपूर्वी क्षेत्रमा द्वन्द्व सिर्जना हुने संकेत देखिएको छ । 

इरानले भने उक्त आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको प्रतिक्रिया दिँदै आएको छ । विश्वकै सबभन्दा ठूलो कच्चा तेल प्रोसेसिङ कम्पनीमा आक्रमण भएपछि तेलको मूल‍्य दशककैं उच्च भएको बताइएको छ । 

राष्ट्रपति ट्रम्पले गत वर्ष इरानसँगको परमाणु सम्झौताबाट बाहिरिने घोषणा गर्नुका साथै इरानको परमाणु र ब्यालेस्टिक योजनामा प्रतिबन्ध लगाएपछि अमेरिका र इरानबीच तनाव उत्पन्न भएको थियो । वासिङ्टनले आफ्ना क्षेत्रीय मुलुकहरुले पनि इरानलाई सहयोग नगरोस् भन्‍ने चाहन्छ । यमनमा भने साउदी लडाकु र इरानको समर्थन पाएको हुथी समूहबीच चार वर्षदेखि निरन्तर युद्ध भइरहेको छ ।
रोयटर्स
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC