खेल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले तेस्रो संस्करणको यू–१८ साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सातदोबाटोस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरी आयोजक एन्फाले तयारी पूरा भएको जानकारी दिएको हो । च्याम्पियनसिप हल्चोकस्थित सशस्त्र मैदानमा शुक्रबारबाट सुरु हुँदैछ । असोज १२ गतेसम्म चल्ने च्याम्पियनसिपमा आयोजक नेपालसहित ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
६ टोलीलाई दुई समूहमा विभाजन गरीएको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित माल्दिभ्स र भुटान छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र श्रीलंका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
एन्फाले च्याम्पियनसिपका लागि टिकट मूल्य ५ सय रुपैयाँ तोकेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६ १७:०८
प्रतिक्रिया दिनुहोस्