site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मोडल हन्ट २०१९ को विजेता बने सुदीप र कुशिका
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुदीप वस्ती र कुशिका प्रसाईंले ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’ को उपाधि हात परेका छन् । मोडल हन्टको पाँचौं संस्करणमा २८ प्रतिस्पर्धीलाई पछि पर्दै वस्ती पुरुषतर्फ र २५ प्रतियोगीलाई पछि पार्दै प्रसाईं युवतीतर्फको विजेता बनेका हुन् ।
प्रतिसपर्धाको शीर्ष विजेता बनेका दुवैले चीनमा हुने सुपर मोडल ग्लोब, लक्जरी ब्रान्ड मोडल अवार्ड, मिस्टर एन्ड मिस मोडल वर्ल्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एशिया लाइस्टाइल विक लगायत अन्तर्राष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अवसर प्राप्त गरेका छन् ।
प्रतिस्पर्धामा संसद शाह र ख्याति शर्मा फर्स्ट रनरअप तथा अमन शाह, एलिना भुजु सेकेन्ड रनरअप भए । युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आयोजकले जनाएको छ । प्रतिस्पर्धाको निर्णायक परमिता राणा, उषा खड्गी, सृजना रेग्मी, दलजित सुदान, अभिमन्यु सिंह तमोर रहेका थिए ।
प्रतिस्पर्धाको उद्देश्य मोडलिङ क्षेत्रलाई व्यावसायिक, व्यवस्थित र विस्तारित गर्ने रहेको बताइएको छ । प्रतियोगितामा दिविस सिंखडा र सम्झना रावतले मस्ट इस्टाइलिस्ट, रुपेश दाहाल र ख्याति शर्माले बेस्ट पर्सनालिटी, संसद शाह र कुशिका प्रसाईंले बेस्ट वाक, अनिल लिम्बु र सिमोना भट्टराईले मिस्टर एन्ड मिस मल्टिमिडिया, केल्भिन कायस्थ र विभूति उपाध्यायले पब्लिक च्वाइस्, अमन शाह र विभूति उपाध्याय सोसियल्ली रेस्पोन्सिभल तथा सुदीप वस्ती, एलिना भुजुले मोस्ट फोटोजेनिक अवार्ड प्राप्त गरे ।
त्यस्तै, ऋतिका श्रेष्ठ र कुसुम रसाइली मोस्ट पपुलर, केल्भिन कायस्था र प्रतिष्ठा थापा क्षेत्री अर्गनाइजर्स च्वाइस तथा सुदीप वस्ती र प्रतिष्ठा थापा क्षेत्री बेस्ट फिजिक र फिगर विजेता बने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC