site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ईपीएलको प्रत्यक्ष प्रशारण डी–स्पोर्टसबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी फागुनमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको प्रत्यक्ष प्रसारण भारतीय च्यानल डी–स्पोर्टसबाट हुने भएको छ । आयोजक ईपिएलले डिस्कभरी नेटवर्कको ‘डी–स्पोर्टस’ नामक च्यानलसँग सम्झौता गरेसँगै यो संस्करणको प्रत्यक्ष प्रशारण भारतीय च्यानलबाट हुने भएको हो । 

आज काठमाडौंमा आयोजित कार्यक्रममा ईपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र डी स्पोर्टसका सिइओ दिलिप शरणले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि प्रबन्ध निर्देशक अख्तरले डि–स्पोर्टससँगको सम्झौताले गर्व महसुस भएको बताए । यो सम्झौतासँगै विश्वसामु नेपालको राम्रो सन्देश जाने उनको भनाइ थियो । डी स्पोर्टसका सिइओ दिलिप शरणले प्रतियोगिताका लागि उत्साहित रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

डिस्कभरी एसिया प्यासिफिकले सञ्चालन गरेको च्यानलले ग्लोबल प्रसारण अधिकार खरिद गरे पनि नेपालको लागि भने प्रसारण अधिकार ईपीएलसँग रहेको अख्तरले बताए । 

डीस्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग र बंगलादेश प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिसकेको छ । ईपीएलको चौथो संस्करण आगामी फागुन तेस्रो साताबाट सुरु हुँदैछ । चैत १ गतेसम्म संचालन हुने लिगमा ६ सहरका ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC