site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जिल्ला शाखालाई युवा संघ अध्यक्षको निर्देशन– राष्ट्रिय विषयमा जथाभावी नबोल्नू 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले स्थानीयबाहेकका विषयहरुमा मनोमानी रुपमा धारणा सार्वजनिक नगर्न संगठनका जिल्ला शाखाहरुलाई निर्देशन दिएका छन् । विभिन्न जिल्लाले ज्ञानेन्द्र शाहीलाई राजावादीको बिल्ला भिराएर विभिन्न जिल्ला प्रवेशमा लगाइएको रोकको चौतर्फी आलोचना हुन लागेपछि अध्यक्ष दीपशिखाले जिल्ला शाखाहरुलाई ट्विटरमार्फत् यस्तो आग्रह गरेका हुन् ।  

“राष्ट्रिय युवा संघका कमरेडहरुलाई स्थानीय विषय बाहेक अन्य विषयहरूमा धारणा वा निर्णयहरू सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिनुहुन आग्रह गरिन्छ,” उनले ट्विट गर्दै भनेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनअघि बाँकेको राँझा विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईका कारण बुद्ध एयरको विमानले उडान ढिलो गरेपछि शाहीको समूहले विमानभित्र वादविवाद गरेको थियो । मन्त्री भट्टराईमाथि अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय युवा संघ, कास्कीले शाहीमाथि अनेक आरोप लगाउँदै जिल्ला प्रवेशमा रोक लगाएको भन्दै विज्ञप्ति जारी गरेको थियो । 

त्यस्तै धनुषा र दाङमा पनि सत्तारुढ नेकपाको युवा संगठनले शाहीलाई जिल्ला प्रवेशमा रोक लगाइएको घोषणा गरेका छन् । 

Global Ime bank

यो पनि पढ्नुस् 

नेकपाको भ्रातृ संगठनले भन्यो– ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC