site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आत्महत्या गर्ने विषादीमाथि नेपालसहित यी देशले लगाए प्रतिबन्ध
Ghorahi CementGhorahi Cement

बीबीसी । प्रत्येक वर्ष विश्वभर एक लाख ५० हजार भन्दा बढी मानिसले किटनाशक विषादी सेवन गरि आत्महत्या गर्ने गरेका छन् । यस्तोमा संयुक्त राष्ट्र संघले ती उत्पादनहरुको सहज उपलब्धतामा कडाइ गर्न पहल गरेको छ । विशेषगरी एसियाली क्षेत्रमा आत्महत्याका प्रायः घटना विषादीसँगै जोडिने गरेका छन् । 

यसैकारण बांग्लादेश र नेपालसहित एसियाका थुप्रै देशले त्यस्ता किटनाशकहरु निषेध गरिसकेका छन् । नेपालले सन् २००१ देखि नै २१ प्रकारका किटनाशकमाथि प्रतिबन्ध लगाएको छ भने यो वर्ष पनि पाँचवटा थप निषेधित सूचीमा राखेको हो । ती मध्ये धेरैमा स्वास्थ्य र वातावरणीय कारणले प्रतिबन्ध लगाएको र विशेष रुपमा आत्महत्याका लागि प्रयोग गर्ने गरिएकाले नै यस्तो नीति अपनाइएको विषादी व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर डिल्ली शर्माले बताएका हुन् । त्यस्तै यता श्रीलंकाले पनि पछिल्लो दुई दशकमा थुप्रै विषादीहरु प्रतिबन्धित गराइएको छ र नतिजा स्वरुप मृत्युको सङ्ख्या घटेको पाएको हो । 

तर केही अन्य देशहरुमा आत्महत्यासँग सम्बन्धित अत्याधिक विषाक्त किटनाशक अझै सर्वत्र रुपमा पाइन्छन् । सन् १९९० को दशकदेखि नै विश्वमा किटनाशक सेवन गरि आफ्नो ज्यान लिने क्रम बढ्न पुगेको थियो र अझैपनि एसियाका गरिब समुदायहरुमा यसलाई मृत्युको प्रमुख कारण मानिन्छ । 

Agni Group

१९८० मा मात्र श्रीलंकामा आत्महत्याको दर विश्वकै उच्च थियो जसमा दुई तिहाइ घटनाका लागि किटनाशक जिम्मेवार भएको बताइएको थियो । तर सरकारले ती उत्पादनहरुमा प्रतिबन्ध लगाएपछि भने आत्महत्य दरमा ७० प्रतिशत गिरावट आएको हो । तर अर्कोतर्फ विषादी सेवनबाट अस्पताल भर्ना हुने क्रम भने बढ्दै गएको छ । यसको अर्थ अझैपनि मानिसहरु बजारमा उपलब्ध कम विषालु किटनाशकहरु सेवन गरि आफूलाई हानि पुर्याउने प्रयास गरि नै रहेका छन् । 

तापनि कृषि क्षेत्रमा विषादीको प्रयोग उल्लेखनीय मानिन्छ । त्यसैले यसको समाधान स्वरुप उद्योगहरुले अधिक हानिकारक विषादीलाई कम विषालु किटनाशकले प्रतिस्थापन गर्ने प्रयास गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सुरक्षित किटनाशकको प्रयोगले कृषिजन्य उत्पादनलाई प्रभाव पार्ने सम्बन्धी कुनै प्रमाण छैन । 

Global Ime bank

यसरी आधिकारिक डाटा हेर्दा भारतमा आत्महत्याका कारण हुने १ लाख ३४ हजार मृत्युमा २४ हजार बढीले विषादी सेवन गरेका थिए । तर सो तथ्याङ्क वास्तविक भन्दा कम भएको बताइएको छ । किनकी मानिसहरुले पुलिसको डरका कारण आत्महत्यालाई दुर्घटनावश् मृत्युको संज्ञा दिने गरेको डाक्टर आशिश भल्ला बताउँछन् । 
यसबीच सरकारले १० वटा सबैभन्दा धेरै प्रयोग गरिने विषाक्त उत्पादनमाथि रोक लगाइसकेको छ भने आगामी २०२० मा अझै धेरै पदार्थ निषेध गर्ने तयारी गरिरहेको छ । तर अझैपनि भारतमा ठूलो क्षति पुर्याउन सक्ने किटनाशकहरु उपलब्ध रहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । 

यता दक्षिण कोरियाले पनि यस्तै कारणले २०१२ मा झारपात नष्ट गर्ने अत्यन्तै विषालु पदार्थमाथि प्रतिबन्ध लगाएको थियो । त्यस लगत्तै देशभरमा आत्महत्याको दर धेरै न्युनिकरण भएको पाइएको हो । 

यता चीनमा पनि आत्महत्या दरमा तिव्र गिरावट देखिएको थियो । किटानाशक सम्बन्धी कडा नियम, कृषि पेशामा कम संलग्नता , शहरीकरण र स्वास्थ्य सेवामा सुधारका कारण यस्तो भएको बताइएको छ । यसरी किटनाशक सम्बन्धी मृत्युहरुको महत्वपूर्ण विश्वव्यापी गिरावटका लागि चीनलाई जिम्मेवार मानिने गरिएको छ । बीबीसीबाट 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC