site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भेपिङले १८ वर्षे युवकको फोक्सो ७० वर्ष बूढो बनाइदियो ! 
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकाका इलिनोइस स्थित एक विद्यार्थी खेलाडीले इ–सिगरेट कम्पनी जुलमाथि मुद्दा हालेका छन् । डाक्टरहरुले भेपिङकै कारण उनको फोक्सो ७० वर्षको बूढो मान्छे जस्तो भएको बताएपछि उनले कम्पनीविरुद्ध उजुरी हालेका हुन् ।  १८ वर्षे एडम हेर्जेनरेडरले एक १ वर्ष ६ महिना जति इ–सिगरेट सेवन गरेका थिए र सानफ्रानसिक्कोस्थित अमेरिकाको सबैभन्दा ठूलो भेपिङ कम्पनी जुलको गलत प्रचारको शिकार भएको बताएका हुन् । 

यसरी स्वास्थ्यका धुम्रपानको विकल्पका रुपमा प्रचार गरिएको इ–सिगरेटले युवाहरुलाई यसको लतमा पारिरहेको छ । यस्तोमा हर्जेनरेडर गत महिनामा स्वासप्रस्वास सम्बन्धी समस्या र वाकवाकी लागेका कारण अस्पताल भर्ना भएका हुन् र त्यतिखेर देखि नै फोक्सोको उपचार गराइरहेका थिए । 
उनले सिकागोको डब्लुजीएन–टिभीसँग भनेका छन्, “त्यो सानो डिभाइसले मेरो फोक्सोलाई आज यस्तो अवस्थामा पुर्यायो भन्ने सोच पनि भयानक लागिरहेको छ । ”

Prabhu Bank
Agni Group
NIC Asia

उनी एक विद्यार्थी रेस्लर हुन् तर अब भने उनको फोक्सो पुनः पहिलेको अवस्थामा फर्किने निश्चित छैन । 

उनले दुःखी हुँदै भने , “यस्तो हुनु अगाडि म भार्सिटी रेस्लर थिएँ । तर अब मैले आफ्नो खेलमा फर्कने मौका कहिल्यै नपाउन सक्छु किनकी यो पूर्ण रुपमा शारीरिक खेल हो र मेरो फोक्सोले आवश्यक बल नधान्न सक्छ । यो मेरा लागि एकदम दुःखद् क्षण हो । ”

Global Ime bank

यसरी हर्जेनरेडर सहित अमेरिकामा सर्यौँलाई भेपिङकै कारण फोक्सो सम्बन्धी रोग लागेको छ भने छजनाको मृत्यु पनि भइसकेको छ । डाक्टरहरुका अनुसार यसका बिरामीहरुमा सास फेर्दाखेरी पुग्ने क्षति देखापरेको छ जुन कुनै अपरिचित पदार्थको प्रतिक्रियामा हुन सक्छ । यसको लक्षण सास फेर्न कठिनाइ हुने, थकान, छाति दुख्ने, पखाला लाग्ने, बान्ता हुने रहेका छन् । 

तर पनि अनुसन्धानकर्मीहरुले सो रोग उत्पन्न गराउने सिङ्गो विषाक्त पदार्थ वा उत्पादन पहिचान गर्न सकेका छैनन् । बुधबार मात्र राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनमा यसबारे गम्भीर छलफल भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका थिए ।  चुरोटको तुलनामा अधिक स्वस्थकर भनि प्रचार गरिएको इ–सिगरेट पछिल्लो समय युवाहरुमाझ अत्यन्तै लोकप्रिय बनेको थियो । तर अहिले भने स्वास्थ्य विद्हरुले सबैलाई यसको सेवनबारे सतर्क रहन चेतावनी दिइरहेका छन् । – फक्स न्युज
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC