site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाको भ्रातृ संगठनले भन्यो– ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध
Sarbottam CementSarbottam Cement

पोखरा । हिजो प्रहरीबाट समातिएर केही बेर अघिमात्रै थुनामुक्त भएका ज्ञानेन्द्र शाहीलाई सत्तारुढ दलको भ्रातृ संगठनले कास्की प्रवेशमा निषेध लगाएको छ । निषेध लगाउनुको कारण शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईप्रति शाहीले अराजक प्रवृत्ति देखाएको जनाइएको छ ।

आइतबार जारी विज्ञप्तिमा उच्छृंखल एवम् अराजक प्रतिगामी प्रवृत्तिका व्यक्ति र समूहको अस्वभाविक चलखेल भइरहेको उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साविकको वाइसिएल तथा युवा संघका अध्यक्षद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै ‘गणतान्त्रिक भूमि’मा प्रवेश निषेध गरेको जनाएका हुन् । आइतबार जारी गरिएको विज्ञप्तिमा भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेका छन् ।

‘यस्ता गलत अभियानमा संलग्न ज्ञानेन्द्रबहादुर शाहीजस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

Global Ime bank

नेपालगञ्जबाट काठमाडौं जाने बुद्ध एयरको उडान मन्त्री भट्टराईलाई पर्खिंदा ढिलो भएपछि शाहीसहितको समूहले विरोध जनाएको थियो । उनीहरुले मन्त्री भट्टराईलाई विमानभित्रै प्रश्न सोधेका थिए। त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री भट्टराईको आलोचना भएको थियो ।

काठमाडौं पुगेर पत्रकार सम्मेलन गरेका शाहीलाई प्रहरीले सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको थियो । शनिबार साँझ नेपालगन्ज विमानस्थलमा भएको घटनाबारे उनले आइतबार पत्रकार सम्मेलन राखेका थिए । 

पत्रकार सम्मेलनमै सहभागीले शाहीमाथि हातपात गरेपछि सुरक्षाका लागि गएको प्रहरीमाथि नै शाहीले दुर्व्यवहार गरेका थिए । प्रहरीले भने उनलाई कार्यक्रम गर्दा व्यवस्थित तरिकाले गर्न, प्रशासनसँग समन्वय गर्न र असल व्यवहार प्रस्तुत गर्न भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC