site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोहम्मद निन्दाको आरोपमा पाकिस्तानमा हिन्दू शिक्षक पक्राउ 
Ghorahi CementGhorahi Cement

इश्लामावाद । पाकिस्तानको सिन्ध प्रान्तको घोटकी जिल्लामा एक हिन्दु शिक्षकले पैगम्बर मोहम्मदलाई निन्दा गरेको आरोपमा भीडले स्कुलको भवनमा नै तोडफोड गरेको छ । 

साथै निजी स्कुलका मालिकको घरमा पनि आक्रमण भएको छ । केही पाकिस्तानी पत्रकार तथा समाचार वेवसाइटले दाबी गरे अनुसार उग्र भिडले एक मन्दिरमा पनि तोडफोड गरेको छ । पत्रकार अलि हसनका अनुसार शनिबार कक्षा ९ का एक छात्रले विद्यालयका हिन्दू शिक्षकमाथि पढाईका क्रममा पैगम्बर मोहम्मदको अपमान गरेको आरोप लगाएका छन् । 

Agni Group

छात्रका पिताले यसबारेमा प्रहरीसँग उजुरीपनि गरेका थिए । त्यसपछि ईश निन्दाको धारा २९५ अनुसार मुद्धा दर्ता गरेर शिक्षकलाई गिरफतार गरिएको छ । आइतबार धार्मिक संगठनले जिल्लामा बन्दको घोषणा गर्नुका साथै जुलुस प्रदर्शन समेत गरेका थिए । 

जसले गर्दा स्थानीय तहका गतिविधिमा पनि असर परेको थियो । यही विरोध प्रदर्शनका क्रममा एक समूहले स्कुलको भवनमा आक्रमण गरेको थियो । त्यसैगरी स्कुलका मालिकको घरमा पनि आक्रमण भएको थियो ।

Global Ime bank

पाकिस्तानको न्यूज वेवसाइट डनका अनुसार लाठी र डण्डाका साथ प्रदर्शनकारीले भिडियो समेत सोसल मिडियामा साझा गरेका थिए । जसमा एक हिन्दु मन्दिर र स्कुलमा तोडफोड गरिएको दृश्य राखिएको छ । सिन्ध प्रहरीका एडिसनल आइजी जमील अहमदले ट्विट गर्दै अभियुक्त नुतन मल प्रहरी हिरासतमा रहेको र यो मामिलाको निस्पक्ष जाँच भइरहेको जनाएका छन् ।  

उनले हुलदंगा गर्नेका विरुद्धमा पनि मुद्धा दर्ता गरिने जनाएका छन् । पाकिस्तानको मानवअधिकार आयोगले पनि यो घटनाका बारेमा प्रतिक्रिया दिदै हिंसा रोक्न र स्कुलका प्रिन्सिपललाई सुरक्षा दिन आग्रह गरेको छ । 

(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC