site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘भ्रम फैलाउने र हत्केलाले सूर्य छेक्न खोज्‍नेको प्रतिवाद गर्नूस्’
Sarbottam CementSarbottam Cement

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन विरोधी चलखेल बढेको भन्दै हत्केलाले सूर्य छेक्न खोज्नेको प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भने,  “सबैभन्दा राम्रा छोराछोरीको बलिदानबाट ल्याएको हो यो परिवर्तन । जनतामा भ्रम सिर्जना गर्ने र हत्केलाले सूर्य छेकेजस्तो गर्नेसँग सतर्क रहने र त्यसको प्रतिवाद गर्नूस् ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले विकास र समृद्धिको बाटोबाट समाजवादको दिशा तय गरिएको बताउँदै पुँजीवाद र साम्राज्यवादबाट घेरिएकाले हिँड्न त्यति सहज नभएको बताए ।

“समाजवादको आधार तयार पार्न वैचारिक स्पष्टता, समर्पित, अनुशासित पार्टी सङ्गठन, लाखौं, करोडौं जनतालाई साथ लिएर हिँड्न सक्ने भरोसायोग्य पार्टी निर्माणको प्रक्रियामा छौं हामी । तर यो काम सजिलो छैन, निकै चुनौतिपूर्ण छ । चारैतिरबाट पुँजीवाद र साम्राज्यवाद, विभिन्न खालको आत्मकेन्द्रित, व्यक्तिवादी सोच, विभिन्न खालका विचलनबाट घेरिएका छौं,” उनले भने ।

Global Ime bank

स्मृति कार्यक्रममा प्रचण्डले पोष्टबहादुर बोगटीको व्यक्तित्वको पनि चर्चा गरे । बोगटी निर्भीक, उद्देश्यप्रति अविचलित र कामप्रति दत्तचित्त रहने नेता भएको स्मरण गर्दै ऊर्जा र पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेका कामहरूको चर्चा गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC