site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तालिवानलाई अमेरिकाले छोडेपछि रुसले बोलायो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काबुल । अमेरिका र तालिबानका बीचमा शान्ति वार्ता रद्ध भएपछि रुस अब तालिवानको नजिक जाने प्रयासमा लागेको छ । तालिवानको एक प्रतिनिधिमण्डल रुसी अधिकारीहरुसँग छलफलको लागि मस्कोमा पुगेर रुसी अधिकारीसँग सो प्रतिनिधिमण्डलले वार्ता पनि गरेको जनाइएको छ । कतारमा रहेका तालिवानका प्रवक्ता सुहैल शाहीनले यो बैठकको पुष्टि गरेका छन् । 

उनले बताएअनुसार अफगानिस्तानमा रुसका विशेष दूत जामिर कबुलोवका साथ तालिबानको प्रतिनिधिमण्डलको छलफल भएको थियो । यो भन्दा पहिला अमेरिका र तालिबानका बीचमा केही महिनादेखि शान्ति सम्झौताको चर्चा भइरहेको थियो । 

यसको एक प्रारुप पनि तयार भएको थियो । यो प्रारुपलाई अफगानिस्तानमा रहेका अमेरिकी दूत जलमय खलीलजादले अफगान राष्ट्रपति असरफ घानीको सामुन्नेमा राखेका थिए । तर, अचानक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो शान्ति संझौतालाई रद्ध गरिदिए । यो अवस्थामा रुस र तालिवानको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो । रुसको विदेश मन्त्रालयले तालिबानसँग दोस्रो पटक भेटका लागि पनि जोड दिएको रुसको सरकारी समाचार एजेन्सी तासले जनाएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC