site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चीनलाई नेपालमा कम्युनिस्ट पार्टी नै सहज ! राष्ट्रपति कार्यालयमा चर्चा !!
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालमा कम्युनिष्ट पार्टीसँग नै सहज महसुस गर्ने खालको अभिव्यक्ति दिएको पाइएको छ । हालै तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले सेप्टेम्बर ९ का दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । सो भेटघाटको वक्तव्य चिनियाँ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा सेप्टेम्बर १० मा राखेको छ ।

जसमा चिनियाँ विदेशमन्त्रीको भनाइ भन्दै लेखिएको छ– “चीन र नेपाल दुबै देश कम्युनिस्ट पार्टीद्वारा शासित छन् । दुई मुलुकको आपसी समझदारी सबल बनाउन र समर्थन गर्न, ‘साउण्ड’ खालको दुई पक्षीय सम्बन्धको विकास र व्यावहारिक सहयोग, मानवजातिको साझा भविश्यका लागि समुदायको निर्माणलाई प्रवर्द्धन गर्न यो अझ राम्रो अवस्था हो ।”

चिनियाँ विदेश ममन्त्रीको नेपाल भ्रमणका समयमा पाँचवटा वक्तव्यहरु लगातार चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा राखिएका छन् । ती पाँचवटामा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटमा कसले के भने भन्ने कुरा राखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्डको वक्तव्यमा अमेरिकाको इण्डो प्यासिफिक रणनीतिलाई तथाकथित भन्दै विरोध गरिएको पाइएको छ । 

यद्यपि प्रचण्डले चीनको विदेशमन्त्रालयको सो वक्तव्यलाई शनिबार इलाममा आयोजित एक कार्यक्रममा भनेका थिए, “प्रचार जसरी आयो, चीनबाट आधिकारिक परराष्ट्र मन्त्रालयबाट स्टेटमेन्टका रुपमा आएको होइन । कुनै समाचार एजेन्सीको समाचार बनाउने क्रममा आएको हो । त्यसमा सरकार, परराष्ट्रका रुपमा वक्तव्य आएको होइन ।”

Global Ime bank

त्यसै प्रसंगमा प्रचण्डले अमेरिकाका तर्फबाट पनि चासो नदिइएको संकेत गर्दै शनिबार भनेका थिए,“अर्को कुरा अमेरिकाको राजदूत या स्टेट डिपार्टमेन्टले मागेको पनि होइन । त्यहाँ काम गर्ने एकजना कर्मचारीले बाहिर भनेको मात्रै हो । आधिकारिकरुपमा न चीनले न अमेरिकाले भनेको स्थिति हो । मैले नेपाल राष्ट्रको घोषित नीति अनुरुप भनेको हो ।”

प्रचण्डले शनिबारको मन्तव्यका क्रममा चीनको विदेशमन्त्रालयमा राखिएको सामग्रीलाई आधिकारिक मान्न अस्वीकार गरेको पाइएको छ । 

उनले भने झैं सो सामग्री वक्ताको रुपमा भन्दा पनि न्यूज आइटमकै रुपमा राखिएको छ । तर, चीन मामिलासँग जानकार स्रोतहरु भन्छन्,“चिनियाँ विदेश मन्त्रालयको स्वीकृतिमा नै यो राखिएको हो । सरकारको आधिकारिक इच्छा भएकैले विदेश मन्त्रालयको वेबसाइटमा राखिने हो । कुनै एजेन्सीको समाचार मात्रै हो भने किन विदेश मन्त्रालयले त्यसरी महत्व दिएर राख्छ ? प्रचण्डको वेबसाइटमा प्रचण्डले मन नपराएको कुरा लगेर कसैले राख्छ र ? यो विषय पनि यस्तै हो ।”

चीनले विगतमा नेपालमा स्थिर शक्ति चाहेको बताइने गरेको थियो । चिनियाँ अधिकारीहरुले कतिपय अनौपचारिक भेटघाटका क्रममा  नेपालका नेताहरुको बोलीको ठेगान नहुने भनेर गुनासो समेत गर्ने गरेको बताइने गरेको छ । “त्यसैले अहिले जानेर नै नेताहरुको बोली चीनले एक्सपोज गरेको पनि हुन सक्छ,” सो स्रोतले भनेको छ ।
यसैगरी राष्ट्रपतिसँग कम्युनिस्ट पार्टीको विषयमा कुरा गरिएको प्रसंगले चाहिं चीनले नै नेपालको सन्दर्भमा फरक ढंगले हेर्न थालेको जस्तो देखिएको पनि सम्बद्ध कुटनीतिक स्रोतहरुले बताउन थालेका छन् ।

चिनियाँ विदेशमन्त्रीसँगको भेटमा राष्ट्रपति भण्डारीले भने चिनियाँ राष्ट्रपति सी जिनपिङलाई शुभेच्छा सुनाइदिन आग्रह गरेकी थिइन् । 

उनले सो अवसरमा नेपाल र चीन मित्रवत छिमेकी रहेको र लामो ऐतिहासिक मित्रता रहेको जनाउँदै दुई पक्षीय सम्बन्धमा कुनै अप्ठेरो र कठिनाई नभएको उल्लेख गरेको चिनियाँ विदेश मन्त्रालयको सामग्रीमा उल्लेख छ ।  उनले सो अवसरमा एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उल्लेख गर्दै नेपाली भूभागमा चीन विरोधी गतिविधि हुन नदिने समेत जनाएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC