site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा र कांग्रेसबीच छलफल, बाँके घटनाको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आइतबार साँझ दुई घण्ट प्रधानमन्त्री निवास  बालुवाटारमा छलफल भएको छ । 
छलफलका क्रममा कांग्रेसो दोस्रो चरणको `हिपतम´ जागरण अभियानका क्रममा बाँकेमा कांग्रेस नेता-कार्यकर्तामाथिको आक्रमण, विवादित विधेयक, भ्रष्टाचार र दसैंको पूर्वसन्ध्यामा बढेको महँगीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

उनले भने, "हामीले सत्तारुढ दल र सरकारलाई प्रधानमन्त्रीकै उमेरकी महिलामाथि भएको सांघातिक हमला, विवादित विधेयक, भ्रष्टाचार र दसैंको पूर्वसन्ध्यामा बढेको महँगीलगायतका विषयमा  सरकारको ध्यानाकर्षण गराएको छौं । प्रधानमन्त्री ज्यूले पनि बाँके घटनामा संलग्‍नलाई कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।" 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिपक्षीको अग्रसरतामा भएको बैठकमा प्रधानमन्त्रीकै उमेरकी महिलामाथि नेकपाकै कार्यकर्ताबाट आक्रमण भएकोले अब यो सुरक्षित को छ भन्‍ने प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई प्रश्‍न गरेको थियो ।  "हिपतम जागरण अभियानको सामाजिक संवादका क्रममा हामी देशव्यापी रूपमा गाउँघरमा हाम्रा कुरा राख्यौं र सिंहदरबारमा रहेको सरकारलाई पनि झक्झक्यायौं," प्रवक्ता शर्माले भने ।

बैठकको सुरुमै हामीले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्‍यौं र बैठक एकदम सौहार्दपूर्ण भयो । उनले थपे, "बैठकको सुरुमा हामीले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्‍यौं । बैठक एकदम सौहार्दपूर्ण भयो । 

Global Ime bank

बैठकमा सरकारकातर्फबाट प्रधानमन्त्री केपीशर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णस पौडेल उपस्थित थिए भने प्रतिपक्षी दलकातर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधी र विजयकुमार गच्छदार, महामन्त्रीद्‍वय शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सितादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत, संसदीय दलका नेता बालकृष्ण खाँण र पार्टीका नेता कृष्ण सिटौला उपस्थित थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC