site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाकिस्तान टुक्रा—टुक्रा हुने भारतीय रक्षामन्त्रीको चेतावनी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नयाँ दिल्ली । भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानले आतंकवादलाई बढावा दिने काम बन्द नगरे उसलाई टुक्रिनबाट कसैलेपनि जोगाउन नसक्ने चेतावनी दिएका छन् । गुजरातमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नियन्त्रण रेखा पार गरेर पाकिस्तानी सेना भारततर्फ पसेमा उनीहरुलाई फर्केर जान नदिइने समेत चेतावनी दिएका छन् । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गएको शुक्रबार पाकिस्तान नियन्त्रित काश्मीरको राजधानी मुजफ्फराबादको एक र्यालीमा भनेका थिए,‘‘अहिले एलओसीको तर्फ मैले नबताएसम्म नजानू । कहिले जाने भनेर म बताउनेछु ।’’ भारतका रक्षामन्त्री सिंहले पाकिस्तानका प्रधानमन्त्रीले ठीकै भनेको बताउँदै पाकिस्तानी सेना भारत छिरेमा नफर्किने जनाएका छन् ।

जी न्यूजले जनाएअनुसार उनले भारतीय जवान ट्रस्टको सुरतमा आयोजित कार्यक्रममा बोल्दै भनेका थिए,‘‘राजनीति गर्दा पाकिस्तान सन् १९७१मा दुई टुक्रा भएर बंगलादेश बनेको थियो । यदि अहिले पनि पाकिस्तानले आतंकवादलाई मद्धत गर्न नछोडेमा भविश्यमा टुक्रा टुक्रा हुनबाट उसलाई कसैले पनि रोक्न सक्ने छैन ।’’ उनले अब पाकिस्तान नियन्त्रित काश्मीरको बारेमा मात्रै इश्लामाबादसँग वार्ता हुने समेत जनाएका छन् । उनले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा भारतविरुद्ध पाकिस्तानले कुरा उठाएकोमा पनि प्रतिवाद गर्दै पाकिस्तान स्वयंले अल्पसंख्यकहरुलाई  विभेद गरेको जनाएका छन् । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC