site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनताको हित विपरीत कुनै कानुन स्वीकृत गर्दैन भुटान !
Sarbottam CementSarbottam Cement

एजेन्सी । पूर्वी हिमालयस्थित भारत र तिब्बतका बीचमा रहेको प्रकृतिले भरिपूर्ण भुटानले आर्थिक वृद्धि विकासका अगाडि जनताको खुसीलाई बढी प्राथकमिकता दिँदै आएको छ ।  आफ्ना परम्परा र धर्मप्रति समर्पित भूटानले शताब्दीऔँ अगाडिदेखि बाहिरी प्रभावबाट राष्ट्रलाई जोगाउँदै आएको सीएनएनले जनाएको छ ।

यसले सन् १९७० को दशकमा मात्र पर्यटनका लागि आफ्नो ढोका खुलाएको थियो भने सन् १९९९ देखि नै भूटानमा प्लाष्टिकमाथि प्रतिबन्ध लगाइएको छ । त्यस्तै सन् २००५ देखि तम्बाकू पनि निषेध गरिएको हो जसले यसलाई धुम्रपानरहित पहिलो देश बनाएको थियो । यसैगरी भूटानको संविधानमै देशको ६० प्रतिशत भूभाग वनजङ्गललाई छुट्याउनुपर्ने कानुन रहेको छ जसमा हाल ७० प्रतिशत क्षेत्र वनले ओगटेको प्रधानमन्त्री डाक्टर लोटे तेर्सिङ बताउँछन् । 

यसरी विश्व पश्चिमी संस्कृतितर्फ मोडिँदै जाँदा यसले कूल राष्ट्रिय खुसी सूचाङ्क सुरु गराएको छ । ‘नेशनल ह्यापिनेस इन्डेक्स’ अर्थात् मान्छे कति मुस्कुराउँछ, कति हाँस्छ भन्ने होइन यो दीर्घकालीन विकास अन्तर्गत मानिस कति सन्तुष्ट र खुसी छन् भन्ने नयाँ दृष्टिकोण हो जसलाई भूटानले विश्वव्यापी रुपमा पहिलोपटक परिचित गराएको छ । यसबारे २०१८ मा पदभार गरेका प्रधानमन्त्री डाक्टर लोटे भन्छन्, “हामी भूटानमा अत्यन्तै फरक र अनौठो प्रजातन्त्र नीति अपनाउछौँ जसकै आधारमा हामी सबै राष्ट्रिय मूल्य मान्यतासँग नजिकैबाट जोडिएका छौँ । र हामी व्यक्तिगत हितलाई कहिल्यै राष्ट्रिय कल्याणका अगाडि राख्दैनौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले थप व्याख्या गरे, “जब हामीले राष्ट्रिय खुसी भन्छौँ यसको अर्थ उत्सवमय हाहा–हुहु होइन । यो भनेको त हामीले जीवनसँग चाहेको शान्ति र आफ्नो मस्तिष्क नियन्त्रण गर्न सक्ने क्षमता हो । अरुको रिस नगर्ने र आफूसँग जे छ त्यसैमा सन्तुष्टि हुने अनि सबैसँग बाँडेर खुसी हासिल गर्ने समाज बन्नुले नै वास्तविक खुसी दिलाउँछ भन्ने हाम्रो मान्यता छ । त्यसैले हाम्रो देशमा कुनै पनि नीति नियमले यी आवश्यकता पूरा नगरे वा प्रकृति अनुकूल नभए र जनताको कल्याण सुनिश्चित नगरेमा ती कहिल्यै स्वीकृत हुनेछैनन् ।”

यस राष्ट्रिय खुसी सूचाङ्क अन्तर्गत प्रत्येक पाँचवर्षमा व्यक्तिको मानसिक स्वास्थ्य, शिक्षा, सुशासन, वातावरण विज्ञान, समयको प्रयोग, सामुदायिक शक्ति, परम्परा, जीवन स्तरलगायतका क्षेत्रबारे अध्ययन गरिन्छ । 

Global Ime bank

हालसम्म २०१० र २०१५ मा गरी यस किसिमका दुईवटा सर्वेक्षण सञ्चालन गरिएको छ भने आगामी वर्ष तेस्रो हुनेछ । यसअघि सो सर्वेक्षणमा भूटानभरबाट सात हजार नागरिकहरुले सहभागिता जनाएका थिए जसले केही उत्साहजनक नतिजा देखाएको हो । अनुसन्धान केन्द्रका सोकी जाङ्मो भन्छन्, “यसमा हामीले जीवन स्तर, स्वास्थ्य र शिक्षाको पहुँच जस्ता क्षेत्रमा सुधार आइरहेको पाएका हौँ । तर अर्कोतर्फ मानसिक स्वास्थ्य, समुदाय र समाजप्रतिको विश्वास लगायत चाहिँ गिर्दो अवस्थामा रहेको पत्ता लगायौँ । ” विशेषगरी शहरी क्षेत्रमा विश्वसनीयता सम्बन्धी ठूलो समस्या देखिएको उनको भनाइ छ । 

यसरी राष्ट्रिय खुसी सूचाङ्क निर्माण गरेता पनि भूटान विश्वकै खुसी देशमा भने पर्दैन । यसका लागि गरिबी सबैभन्दा बढी जिम्मेवार रहेको बताइएको छ । कृषिमा निर्भर यस देशमा आर्थिक वृद्धि र सामाजिक निस्पक्षता  ठूलो चुनौति रहँदै आएको छ । किनकि ग्रामिण जनसङ्ख्या निर्वाह खेतीको भरमा छ भने अर्कोतर्फ हिमाली भेग जलवायु परिवर्तनका हिसाबले संवेदनशील मानिन्छ । भौगोलिक कठिनाइका साथै बाढी र पहिरोले विकासका योजनामा नियमित बाधा पुर्याउने गरेको छ । यसकारण पनि ग्रामीण र शहरी क्षेत्र पूर्ण रुपमा जोडिन सकेका छैनन् । यसरी देशमा  १९९९ मा मात्र टेलिभिजन भित्रिएको थियो भने अझै पनि राजधानी शहरमा ट्राफिक लाइटको व्यवस्था छैन । 

तर पनि भूटानले आर्थिक वृद्धिको पछि नलागेर मानवीय विकासमा समर्पित हुनु धेरै ठूलो उपलब्धी भएको बताउँदै आएको छ । ५० वर्षीय प्रधामन्त्री डाक्टर लोटेको जीवनशैलीबाट पनि धेरै कुरा स्पष्ट हुन्छ जो नियमित शारीरिक व्यायाम गर्छन् भने बिहीबारका दिन थिम्पु बाहिरको पहाडी उकालोमा साइकलिङ गर्ने गर्छन् । उनको लक्ष्य भनेको शारीरिक स्वास्थ्यका साथै ध्यान र प्रार्थनामार्फत् मानसिक रुपमा पनि बलियो हुनु हो ।  उनी भन्छन्, “बलियो हुनुको अर्थ हाम्रो मांशपेशी ठूलो हुनु मात्र होइन । हाम्रो दिमाग पनि दृढ र उत्तिकै शक्तिशाली हुनपर्छ । न्युरोनलाई बलियो बनाउने उपाय यही नै हो । ” 

यसरी साइकलिङपछि प्रधानमन्त्री अस्पतालमा पनि आफ्नो भागको सेवा प्रदान गर्न जान्छन् । २० वर्षसम्म युरोलोजिस्ट र सर्जनको काम गर्दै आएकाले पनि उनले बिरामीहरुको सेवामा नै खुसी प्राप्त गर्ने गरेको बताए । त्यसैले उनी बिहीबार र शनिबारका दिन अस्पतालमा समय बिताउने गर्दछन् । लोटे भन्छन्, “म एक परम्परागत परिवारबाट आएको हुँदा मलाई सधैँ अरुको मद्दत गर्नुपर्छ भन्ने लाग्थ्यो । यस्तोमा मलाई कुनै समय धार्मिक सन्त बन्ने इच्छा पनि जागेको थियो । तर मेरी आमाले वास्तवमै अरुको मद्दत गर्न डाक्टर बन्दा उचित हुने सुझाव दिनुभयो त्यसैले मैले यो पेशा छनोट गर्ने निर्णय गरेँ । ”

उनले थप भनेका छन्, “स्वास्थ्य र शिक्षा वास्तवमै सबैभन्दा शक्तिशाली सामाजिक स्तर निर्धारक हुन् । यसैका आधारमा हाम्रो देशमा निःशुल्क स्वास्थ्य र शिक्षा प्रदान गरिएको छ । तर निःशुल्क भएपनि सबैका लागि यी सेवाको पहुँच सहज छैन । तापनि विशेषगरी गाउँमा बस्ने नागरिकहरुको आवश्यकतालाई ध्यानमा राखेर स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याउन सकिने मेरो धारणा छ । यसरी मेरा दुई हातले एकपटकमा एउटा बिरामीको उपचार मात्र गर्न सक्छ तर राजनीतिमा प्रवेश गरि केही प्रमुख नीति नियमहरुमा परिवर्तन ल्याउन सकेँ भने एउटा पेनले पूरै देशलाई ठीक गर्न सक्नेछु भन्ने मैले सोचेँ । ”

यसरी विश्वको सबैभन्दा खुसी राष्ट्रमा नपरेपनि केही वर्षयतादेखि भूटानीहरुको जीवन स्तरमा सुधार आइरहेको छ । अर्कोकतर्फ जलविद्युतले पनि अर्थतन्त्र धान्न मद्दत गरिरहेको छ । त्यसैले विश्व बैंकले भूटानलाई विकासका आधारमा सफल देश भन्ने गरेको छ जहाँ चरम गरिबी न्युन हुँदै गइरहेको छ भने लैङ्गिक समानता, स्थिर राजनीति , अर्थतन्त्र र वातावरण सम्बन्धी सुधार जारी छ । लोटे भन्छन्, “केही दशकमै हाम्रो देशको औसत आयु दर ५० वर्षबाट ७० वर्ष पुगेको हो । यसरी स्वास्थ्य सेवाको सहज पहुँच, पोषणयुक्त खाना, स्वास्थ्य सम्बन्धी जागरुकता लगायतका पक्षमा दिनप्रति दिन सुधार आउँदै जानुले भूटानीहरुलाई लामो जीवन बाँच्न मद्दत गराएको हो । ”

त्यस्तै वातावरण संरक्षणको विषयमा भूटानले पर्यावरणीय पर्यटनबाट प्रति दिन एकजना वापद् २५० डलर कर उठाउने गरेको छ जुन रकम यसले हजारौँ पर्यटकहरुको आगमन पश्चात् वातावरणमा पर्ने असरको भर्पाइ गर्न प्रयोग गर्ने गरेको छ । सो नीति अत्याधिक सफल हुन पुग्दा अहिले भूटान कार्बन–न्युट्रल मात्र नभएर कार्बन–नेगेटिभको अवस्थामा पुगेको छ अर्थात त्यहाँ उत्सर्जन हुने कार्बन भन्दा धेरै अक्सिजन उत्पादन भइरहेको छ । यो विश्वको एक मात्र कार्बन नेगेटिभ देश हो । यसरी भूटान लामो समयदेखि नै स्थानीय वन्यजन्तु संरक्षणका निम्ति वल्र्ड वाइल्डलाइफ फन्डसँग आबद्ध छ । यसरी आर्थिक वृद्धिको आवश्यकता भए पनि भूटानी नागरिकहरुका निम्ति यी प्राथमिकता परिवर्तन नहुने प्रधानमन्त्रीको विश्वास छ । उनी भन्छन्, “हामी सबैलाई थाहा भइसकेको छ कि वस्तुगत सम्पति र पैसाले हामीलाई खुसी र मस्तिष्कलाई शान्ति दिलाउन सक्दैन । त्यसो भए हामी किन यस्ता लक्ष्यलाई आफ्नो प्रमुख उद्देश्य बनाउने ? बरु हामीले आगामी पीढीलाई पनि ध्यानमा राखेर सबै कामकाज अघि बढाउनुपर्छ । ” – सिएनएनबाट
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC