site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 ‘मण्डले’ कै नयाँ संस्करण हो त ‘अरिंगाल’ ? 
Ghorahi CementGhorahi Cement

प्रतिनिधि सभाको आइतबारको बैठकमा बाँके जिल्लामा नेपाली काँग्रेसको कार्यक्रममा भएको घटनाबारे गृहमन्त्रीको सन्तोषजनक जवाफ नआएको भन्दै विरोधमा आआफ्नो ठाउँबाट उभिएर बैठक अवरुद्ध गर्दै नेका सांसदहरु । तस्बिरः रासस


काठमाडौं । बाँकेको खजुरामा गत बिहीवार नेपाली कांग्रेसको जागरणसभा चल्दै थियो । एकाएक कार्यक्रमस्थलमा केही युवा पसे । हुलहुज्जत गर्दै बाँके कांग्रेस सभापति किरण कोइरालाको हात नै भाँचिने गरी आक्रमण गरे । सो घटनालाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आइतबार राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतर्फ बैठक अवरुद्ध गरे । 

विपक्षीले सरकारमाथि संसद् अवरुद्ध गर्दै गम्भीर आरोप पनि लगाए – ‘राज्य आतंक’ को । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले विपक्षीमाथि अरिंगालजस्तै खनिन आफ्ना कार्यकर्तालाई दिएको निर्देशन स्मरण गरे । 

Agni Group

बाँकेमा कांग्रेस कार्यक्रममा ‘अरिंगाल खनिएको’ उनको टिप्पणी थियो । सांसद पुष्पा भुषाल, दिलेन्द्र बडु, डिला संग्रौला, अमरेश सिंह, सञ्जय गौतमले सरकारी संरक्षणमै आक्रमण भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरे । 

गृह मन्त्री रामबहादुर थापाले दोषीमाथि कारबाही हुनेमा आश्वस्त पार्न खोजे पनि कांग्रेसले चित्त बुझाएन । उनीहरूको आरोप छ – गृह मन्त्री नै अपराधी लुकाउन लागेका छन् । घटनामा संलग्नमाथि किटानी जाहेरी दिँदासमेत प्रहरीले दर्ता नगरेको भन्दै प्रहरीविरुद्ध पनि उनीहरुको आक्रोश थियो । कांग्रेस सांसद अमरेश सिंहले त नेपाल प्रहरी अहिले ‘नेकपा प्रहरी’ बनेको आरोप नै लगाए । सांसद गगन थापाले घटनामा संलग्न नेकपाका कार्यकर्ताविरुद्धको किटानी जाहेरी दर्ता नभए बैठक चल्न नदिने चेतावनी दिए । 

Global Ime bank

राष्ट्रिय सभामा सदस्य बद्री पाण्डेले पनि अरिंगाल चलमलाएको आभास यसअघि नै भए पनि खजुरामा अरिंगालले आक्रमण गरेको भन्दै घटनाको भत्र्सना गरे । साथै, राष्ट्रिय सभाका प्रमुख सचेतक सुरेन्द्र पाण्डे र सांसद राधेश्याम अधिकारीले पनि सरकारको नियतमा शंका गरे  । “आपराधिक घटना पनि भन्ने तर प्रहरीले किटानी जाहेरी नलिने ?” – गृहमन्त्रीसँग प्रश्न थियो सांसद अधिकारीको । 

राष्ट्रिय सभामा पनि गृह मन्त्रीको अभिव्यक्तिबाट आश्वस्त भएन कांग्रेस । शान्तिपूर्ण भेला हुन पाउने, सभा गर्न पाउने संवैधानिक अधिकारमाथिकै आक्रमणका रूपमा कांग्रेसले खजुरा घटनालाई उठाएको छ । कांग्रेसका प्रतिनिधि सभा सदस्य रामबहादुर विष्टले पञ्चायतको ‘मण्डले’कै नयाँ संस्करण अरिंगाल भएको भन्दै पुराना दिन स्मरण गरे । “पञ्चायतमा सरकार कमजोर भएपछि मण्डले परिचालन गर्थ्यो, अहिले सरकार कमजोर भएपछि अरिंगाल खटाएको हो ?” – सांसद विष्टको प्रश्न थियो । 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको दोस्रो बैठकमा पनि कांग्रेसले अवरोध जारी राखेपछि सोमबार बस्ने गरी बैठक स्थगित भएकोे छ । 

के हो त ‘मण्डले’ प्रवृत्ति ? 

कांग्रेस सांसदहरूले सदनमा ‘अरिंगाल’ र ‘मण्डले’ शब्द बारम्बार उच्चारण गरे । 

नेपालको राजनीतिमा ‘मण्डले’ शब्द पनि नयाँ भने होइन । ‘मण्डले’ शब्द पञ्चायती विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी मण्डलका सदस्य जनाउन प्रचलनमा आयो । पञ्चायत कालमै यो शब्दको एउटा अर्थ नेपाली बृहत् शब्दकोशमा यसरी दिइएको छ – ‘‘३.छुल्याहा, बदनामी कमाएको, उद्धत’’ । सत्ताको आडमा कानुन हातमा लिने र शासकहरूको इसारामा पञ्चायतइतर विचार राख्नेहरूको दमन गर्न भौतिकरूपमा तम्सनेहरूलाई मण्डले भनिन्थ्यो । फासिस्ट चरित्रको संगठन मानिन्थ्यो विद्यार्थी मण्डललाई । विसं २०३६ को आन्दोलनको मागअनुसार विद्यार्थी मण्डलमाथि प्रतिबन्ध लागेको थियो ।

अनि अरिंगाल ! 

गत वर्ष पार्टीको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई ‘अरिंगाल’ भएर विपक्षीमाथि जाइलाग्न आह्वान गरेपछि यो शब्द निकै चर्चित भयोे । निर्मला हत्याकाण्ड, ३३ किलो सुन तस्करी प्रकरण र माइतीघर मण्डलामा प्रदर्शन निषेधविरुद्ध सरकारविरोधी अभिमत सडकमा पोखिइरहेको थियो । त्यतातर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले ‘अरिंगाल’ले जस्तै पार्टी कार्यकर्ताले विरोधीविरुद्ध जाइलागेर नेतृत्व र सरकारको बचाउ गर्न आह्वान गरेका थिए । 

त्यतिबेलै कांग्रेसले संसद्मा आफूहरूविरुद्ध कार्यकर्तालाई खनिन निर्देशन दिएको हो ? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । कांग्रेसको बुझाइ थियो – ‘अरिंगाल’ बन्नु भनेको कम्युनिस्ट कार्यकर्ता  कांग्रेसविरुद्ध भौतिकरूपमा जाइलाग्नु भन्ने नै हो । 

आइतबार संसद् बैठकमा त्यही स्मरण गर्दै कांग्रेसले खजुरामा अरिंगालले आक्रमण गरेको टिप्पणी ग¥यो । खजुरामा कांग्रेस कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै उनीहरूले अरिंगाल सम्झे । कांग्रेस नेता खाँणले नेकपाका शीर्ष नेताले अरिंगाल जसरी परिचालित हुन आह्वान गरेको सुनिएको र  खजुरामा अरिंगाल परिचालन भएको देखिएको आरोप लगाए । सत्तारुढ दल नेकपाका कार्यकर्ता अरिंगालजसरी कार्यक्रमस्थलमा छिरेर आक्रमणमा उत्रिएको उनको भनाइ थियो । 

मण्डलेको नयाँ रुप अरिंगाल !

कांग्रेसले गरेको दाबी साँचो ठहरियो भने ऊ बेलाका ‘मण्डले’ र अहिलेका ‘अरिंगाल’मा समानता भेटिन्छ । राजनीतिक विरोधीको कार्यक्रममा आक्रमण गर्नु, प्रहरी प्रशासनले नदेखेजस्तो गर्नु, सत्तानिकटका व्यक्तिहरू आक्रमणमा संलग्न हुनु ‘मण्डले’ प्रवृत्ति हो । 

कांग्रेस नेता खाँणले घटना हुँदा प्रहरी प्रशासन टुलुटुलु हेर बस्नुले योजनाबद्ध ढंगबाट उक्त घटना भएको पुष्टि भएको दाबी गरे । “नेकपाका कार्यकर्ताले अन्य दलको भेलामाथि किन आक्रमण गर्छन् ?” – खाँडले अरिंगालको चर्चा गर्दै भने – “सत्तापक्षका कार्यकर्ताहरू किन हिंस्रक ढंगले आक्रमण गर्छन् ?”

कांग्रेस सचेतक पुष्पा भुषालले पनि खजुरा आक्रमण सुरक्षा निकायकै संरक्षणमा भएको घुमाउरो आरोप लगाइन् । “घटनास्थलमा हारगुहार माग्दासमेत प्रहरीको उपस्थिति नहुनु र कम्युनिस्ट पार्टीका नेता घटनामा संलग्न भएको भन्नेबित्तिकै राजनीतिकरण भयो भनेर गृहमन्त्रीले भन्नु षड्यन्त्रपूर्ण छ” – उनको भनाइ थियो । 

बचाउमा गृह मन्त्री 

गृह मन्त्री रामबहादुर थापाले भने घटना राजनीतिक उद्देश्यले नभएको भन्दै सत्तारुढ दलको संलग्नता अस्वीकार गरे । घटनामा प्रहरीको दुरुपयोग भएको आरोपको पनि उनले खण्डन गरे । घटनामा संलग्न केही पक्राउ परिसकेको र अन्यको खोजी भइरहेको भन्दै उनले कांग्रेसले लगाएको ‘मण्डले’ प्रवृत्तिको पुनरावृत्तिका रूपमा ‘अरिंगाल’ खनिएको आरोप निराधार भएको जिकिर गरे । 

तर, कांग्रेस सांसदहरूले भने स्वयं गृहमन्त्रीमाथि औंला उठाएका छन् । किटानी जाहेरी दर्ता नगरेर गृह मन्त्रीले वास्तविक  अपराधी लुकाउन खोजेको कांग्रेस सांसदहरूको आरोप छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC