site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विमानस्थलमा यात्रु दुर्व्यवहार  गर्नेलाई एकवर्षसम्मको कैद र एकलाखसम्म जरिबाना
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलमा विमान पर्खाएको र भ्रष्टाचार विरोधि अभियन्ता ज्ञानेन्द शाहीले विमानस्थलमै मन्त्रीलाई दुर्व्यवहार गरेको घटना पेचिलो बनेको छ । सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहस भइरहेको छ । मन्त्री योगेश भट्टराईको सचिवालयले आफूहरूले बुद्ध एयरको कर्मचारी र विमानस्थल प्रमुखसँग पर्खन अनुरोध गरेको र विमान डिले नगराएको प्रष्टीकरण दिइरहेका छन् ।

अभियन्ता शाहीले मन्त्रीले एकघण्टा बढी डिले गराएकाले सचेत गराएको बताउँदै आएका छन् ।  यसबारेमा सत्यतथ्य भने आउनै बाँकी छ । बुद्ध एयरले समेत वास्तविकता बताएको छैन । विमानस्थल हातामा यात्रु या कर्मचारीमाथि दुर्व्यवहार, हुलहुज्जतलाई कानुनले भने निषेध गरेको छ । नेपाल नागरिक उड्डयन ऐन, २०७३ ले हवाई यात्रुबाट हुने अवाञ्छित व्यवहारमा कसुर तथा सजायको व्यवस्था गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ऐनको दफा– ८५ मा सो सम्बन्धी व्यवस्था छ ।  दफा ८५ को उपदफा (३) अनुसार कुनै यात्रुले विमानस्थलमा वायुसेवाका कर्मचारी, विमानस्थलमा कार्यरत कर्मचारी, हवाई यात्रु र अन्य व्यक्तिमाथि हातपात वा दुर्व्यवहार गर्न पाउँदैन ।

Global Ime bank

विमानस्थलको शान्ति सुव्यवस्थामा खलल पुग्ने कार्य पनि गर्न पाउँदैन । कदाचित् गरेमा यस्तो कार्यलाई अवांछित व्यवहार गरेको कसूर मानिनेछ । यस्तो कसुर गर्नेलाई  पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँ सम्म जरिबाना वा एक वर्षसम्म कैद हुने व्यवस्था ऐनमा छ । त्यसो त विमानभित्र चालकको क्षेत्राधिकार पनि मानिन्छ । यस्तो गतिविधि गर्ने यात्रुलाई चालकले ओराल्नसमेत पाउने उड्ययन क्षेत्रका अधिकारी बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC