site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा पनि आरटीजीएस, करोडौंको अन्तरबैंक कारोबार र भुक्तानी एकै क्लिकबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । आइतबार बिहान ११ बजे एक क्लिकमार्फत् माछापुच्छ्रे बैंकको खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २० करोड रुपैयाँ ट्रान्सफर भयो । त्यति ठूलो रकम ट्रान्सफरसँगै सोही क्लिकमार्फत् नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा रकम गएको जानकारी पनि गराइयो । 

विश्वका अधिकांश मुलुकमा कार्यान्वयनमा आइसकेको यस्तो व्यवस्था नेपालमा भने भर्खरै प्रयोगमा ल्याइएको हो । यसअघि अर्को बैंकको खातामा २ लाख रुपैयाँभन्दा बढी रकम पठाउँदा एकाउन्ट पेयी चेक काटेर दिनुपर्ने र भुक्तानी भने भोलिपल्टमात्र पाइने गरेको थियो ।

तर, आइतबार बिहान उद्घाटन भएको यस्तो प्रणालीमार्फत् नेपालमा पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) सुविधा दिइन थालेको हो । नेपाल राष्ट्र बैंकले अन्तरबैंक हुने ठूलो कारोबारको भुक्तानी कारोबार गरेकै समयमा राफसाफ हुने व्यस्था मिलाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आरटीजीएस कार्यान्वयनमा आएपछि चेकबिना रकम भुक्तानी हुनेछ । उपभोक्ताले आफ्नो खाता भएको बैंकमा गएर एउटा फर्म भरेर अर्को बैंकमा रहेको आफूले चाहेको व्यक्तिको खातामा रकम जम्मा गरिदिन सक्नेछन् ।

आरटीजीएसको व्यवस्था भएपछि अर्को दिनसम्म फर्छ्योटका लागि पर्खिनु पर्दैन । यो व्यवस्था कार्यान्वयनमा आएसँगै २ लाख रुपैयाँभन्दा बढी रकममा चेकहरु क्लियरिङ गराइराख्नु पर्दैन । आरटीजीएस प्रणाली हालका लागि २० लाख रुपैयाँभन्दा बढी कारोबारका लागि अनिवार्य गरिएको छ । तर, २ लाखभन्दा ठूला र २० लाखसम्मका कारोबार भने ऐच्छिक राखिएको छ ।

Global Ime bank

केन्द्रीय बैंकले भदौ २० गते सबै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई सो सिस्टम लागू गर्न निर्देशन दिएको थियो । त्यसयता २८ वटै ‘क’ वर्गका बैंकहरुले सिस्टम लागू गरिसकेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पुस मसान्तभित्र सो सिस्टममा आबद्ध हुन निर्देशन दिइएको छ ।

राष्ट्र बैंकले भदौ २९ गते (आज) लाई नेपालको भुक्तानी इतिहासमा सुनौलो दिन भएको दाबी गरेको छ । वित्तीय प्रणालीको रक्तसञ्चारको रुपमा रहेको भुक्तानी प्रणालीमो आधुनिकीकरणतर्फ यो उपलब्धिलाई ऐतिहासिक खुड्किलो भएको दाबी गरिएको छ । संसार डिजिटल बन्दै गरेको बेलामा नेपाली भुक्तानी प्रणाली पनि सवल, सहज, छरितो र भरपर्दो बनेको दाबी गरिएको छ ।

यसबाट समयको बचत हुने, खर्च कटौती हुने र रकम थारै समयमै धेरै पटक ट्रान्सफर गर्न सकिने भएकाले मुद्राको गति बढ्ने बताइएको छ । प्रणाली स्वचालित भएकाले कम जनशत्तिबाट कार्यसम्पादन गर्न सकिने छ ।

नेपाल राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनामा आरटीजीएस स्थापना गर्ने उल्लेख थियो । जसअनुसार २०७५ पुसमा यूकेएड सक्षमलाई १८ महिनामा आरटीजीएस बनाउने जिम्मा दिइएको थियो । सक्षमले तोकेको समयमा निर्माण सम्पन्न गरी युजर एसेप्टेन्स टेस्ट पनि गरिसकेको छ । यसरी तयार भएको प्रणालीमा सहभागी हुन राष्ट्र बैंकले सहमतिपत्रको ढाँचा पनि तयार पारेको छ । त्यसयता प्रोडक्सन मोड्युल र लाइभ साइमुल्टेसनको काम सम्पन्न भई भदौ २६ गतेदेखि आरटीजीएस कार्यान्वयनमा आइसकेको छ ।

प्रणालीको उद्घाटन भने आइतबार गरिएको छ । उद्घाटन गभर्नर डा. चिरिञ्जीवी नेपाल र लन्डनका लर्ड मेयर पिटर इस्टलिनले गरे । उद्घाटन समारोहमा गभर्नर नेपालले नेपालको भुक्तानी प्रणाली र फर्छ्योटको नयाँ युग सुरु भएको दाबी गरे । उनल भने, “राष्ट्र बैंक वित्तीय प्रणालीमा प्राविधिक पूर्वाधार विकास गर्न तत्पर छ ।”

आरटीजीएस भुक्तानी प्रणालीको मुटु भएको दाबी उनले गरे । यसअघि कारोबार भएपनि भुक्तानी ढिलो हुने गरेको बताउँदै उनले आरटीजीएसले वास्तविक समयमा भुक्तानी दिने र कारोबारको जोखिम पनि कम हुने दाबी गरे । यसले सम्पत्ति शुद्धिकरणमा सहयोग गर्ने तथा चेक र रकमको भौतिक प्रयोग कम गर्ने बताइएको छ ।

गभर्नर नेपालले थपे, “उहाँहरुले १८ महिनामा काम सम्पन्न गर्नहुन्छ कि हुन्न भन्ने ठूलो प्रश्न थियो । तर, समयमा सकिएको छ ।” उनले विदेशी फोरममा आफ्नो देशमा आरटीजीएस नभएकै कारण कतिपय ठाउँमा मुख लुकाउनु परेको अनुभव सुनाए । भने, “अब मुख लुकाउनु पर्दैन । आरटीजीएसका बारेमा आफ्नो देशको अनुभव सुनाउने बाटो खुलेको छ ।”

यसअघि लन्डनका लर्ड मेयर इस्टलिनले आरटीजीएस वित्तीय नेटवर्कको मात्र नभएर वित्तीय समावेशीकरण र गरिबी निवारणमा पनि ठूलो भूमिका खेल्ने विश्वास लिए । उनले युके यस परियोजनाको हिस्सा हुन पाएकोमा खुसी व्यक्त गर्न अझै सहयोग गर्न तयार रहेको सुनाएका थिए ।

सो अवसरमा मोड्युलर डेटा सेन्टरको उद्घाटन गरिएको छ । ६ वटा र्याक भएको यस सुविधासम्पन्न डेटा सेन्टरमा सम्पूर्ण आरटीजीएस कारोबारको रेकर्ड रहन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC