site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रकाश दाहाल स्मृति कपको उपाधिका लागि पुलिस र आर्मी भिड्ने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । विभागीय क्लब नेपाल पुलिस प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आज भएको सेमिफाइनलमा अर्को विभागिय क्लब एपिएफमाथि ३–२ को सेटमा जित निकाल्दै पुलिस फाइनलमा पुगेको हो । पुलिसले अब उपाधिका लागि भोलि सोमबार आर्मीसँग खेल्नेछ । 

नयाँ बसपार्कस्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा पहिलो र दोस्रो सेट जितेको पुलिसले तेस्रो सेट गुमाएको थियो । पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२० ले जितेको पुलिसले निर्णायक तेस्रो सेट २०–२५ ले हारेको थियो । 
चौथो सेट पनि २१–२५ ले एपिएफलाई सुम्पिएपछि रोमान्चक बनेको अन्तिम सेटमा पुलिस  १६–१४ को जित निकाल्दै फाइनल पुगेको हो । ८ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC