site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ब्रा जलाएर जुँगा बढाउनु नारीवाद होइनः सोनम कपूर
Sarbottam CementSarbottam Cement

समाज र नारीवादबारे निर्धक्क बोल्न सक्ने अभिनेत्री हुन् सोनम कपूर । जब उनले बलिउडमा पाइला राखेकी थिइन् तब अधिकांश हिरोइनलाई ‘फेमिनिज्म’ भनेको के हो भन्ने नै थाहा थिएन । सोनमका अनुसार ‘ब्रा जलाएर जुँगा बढाउनु’ फेमिनिज्म होइन । 

सोनम भन्छिन्, ‘‘१२ वर्षअघि मलाई कसैले सोधेको थियो– के तपाईं फेमिनिस्ट (नारीवादी) हो ? जवाफमा मैले ‘हो’ भनेकी थिएँ । मेरो यस्तो जवाफ सुनेर मेरो पीआर टिमले मैले त्यसो भन्न नहुने बताएको थियो । यस्तो भनिदिँदा मलाई मानिसहरुले अन–फेमिनिन बुझ्ने छन् । अचेल त मलाई सबैले त्यही भन्छन् । १२–१५ वर्षअघि कुनै पनि हिरोइन खुलेर आफूलाई फेमिनिस्ट बताउन सक्दैनथे ।’’

Prabhu Bank
Agni Group
NIC Asia

फेमिनिस्टको सही अर्थ बुझ्नुपर्ने सोनम बताउँछिन् । यसको खास अर्थ र मतलब पनि छ । ‘‘त्यो हो सबै कुरामा बराबरी,’’ सोनम भन्छिन्, ‘‘फेमिनिज्मको अर्थ आफ्नो ब्रा जलाएर पुरुषको जुँगा बढाउनु होइन ।’’  

कतिपय हिरोइन लामो समयसम्म फेमिनिज्मको अर्थ बुझ्दैनथे । अब समयक्रमसँगै सबैले यसको खास अर्थ बुझ्न थालेका छन् । ‘‘समाजमा कतिपय मामिलामा पुरुषको तुलनामा महिलामाथि भेदभाव व्याप्त छ । मलाई आशा छ– त्यसमा परिवर्तन आउने छ । थुप्रै मानिसहरु यसबारे गम्भीर ढङ्गमा लागिपरेका छन्,’’ सोनम भन्छिन् । 

Global Ime bank

यतिखेर सोनम रिजिल हुन तयार रहेको आफ्नो फिल्म ‘द जोया फ्याक्टर’को प्रवद्र्धनमा जुटेकी छन् । यो चलचित्र हास्यप्रधान रहेको बताइएको छ । ‘द जोया फ्याक्टर’ अनुजा चौहानको उपन्यासमा आधारित छ । चलचित्रको कथा एउटी युवततीमा आधारित छ, जसलाई इन्डियन क्रिकेट टिमका निम्ति भाग्यमानी मानिएको छ । चलचित्र सेप्टेम्बर २० मा रिजिल हुने छ ।   

(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC