site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साहिरका रचना भेटिए कबाडीेमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मुम्बई । प्रख्यात कवि तथा गीतकार साहिर लुधियानवीका अनगिन्ती मूल्यवान हस्तलिखित पत्र, डायरीहरू, गीत तथा उनको श्याम–श्वेत तस्वीरहरू मुम्बईको कबाडी पसलमा भेटिएका छन् । एक गैरनाफामूलक संगठनले यी सबै सामग्रीहरूलाई संरक्षण गर्ने हेतुले ३ हजार रुपैयाँमा किनेको छ ।
मुम्बईको गैरनाफामूलक संगठन, फिल्म हेरिटेज फाउण्डेशनले हालैमात्र जुहूस्थित एक कबाडीको पसलमा अखबार तथा पत्रपत्रिकाहरूको चाङमा यी सबै चिज फेला पारेको थियो । अब फाउण्डेशनको योजना यसको संरक्षण तथा अभिलेखहरूको प्रदर्शन गर्ने रहेको छ ।
संस्थाका संस्थापक निर्देशक शिवेन्द्र सिंह डुंगरपुरले भनेका छन्, “यी डायरीहरूमा उनको दैनिक कार्यक्रमलगायत निजी कुरा आदि लेखिएका छन् । कतिपय गीत र केही बूँदा टिपोट पनि छ । जस्को सम्बन्ध उनको प्रकाशन संगठन ‘पार्चियाँ’ सँग छ ।” 
उनले भनेका छन्, “यि सामग्रीहरूमा त्यसबखतका संगीतकार रवि, उनका मित्र कवि हरबंशद्वारा उनलाई लेखिएको पत्र पनि छन् । केही पत्र अंग्रेजी र केही उर्दूमा छ । बाँकी कृति उर्दूमा लेखिएको छ ।”
शिवेन्द्रको भनाइअनुसार साहिर लुधियानबीका केही निजी तस्वीरहरू, केही तस्वीर उनका बहिनीहरू र साथीहरूसँग रहेको छ । केही तस्वीर उनको पञ्जाब स्थित घरको रहेको छ ।
फाउण्डेशनका विशेषज्ञले ती गीतहरूको अध्ययन गरिरहेका छन् । उनीहरू यो खोजी गर्दैछन्, कुन कुन गीत प्रकाशित छैनन् ।
डुंगरपुरले भने, “यो घटना गुरु दत्तको फिल्म प्यासाको दृश्यको सम्झना दिलाउँछ, जसमा उनको गीत र कृतिहरू कबाडीको पसलमा भेटिएको थियो ।” उनका अनुसार ति सबै सामग्री उनले ३ हजार रुपैयाँमा खरीद गरेका हुन् ।
गीतकार साहिर लुधियानवी (सन् १९२१–१९८०) लाई उनका सदाबहार गीतहरूका कारण चिनिन्छ । उनी हिन्दी र उर्दू भाषामा लेख्थे । उनको जन्म सन् १९२१ मा पञ्जाबको लुधियाना सहरमा भएको थियो ।
उनले गुरु दत्तको फिल्म प्यासा (सन् १९५७), राज कपूरको फिल्म फिर सुबह होगी (१९५८), अशोक कुमारको फिल्म गुमराह (१९६३) र अमिताभ बच्चन अभिनित फिल्म कभि–कभि (१९७६)मा कालजयी गीतहरू लेखेका थिए ।
(द वायर)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC