site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चिकित्सा शिक्षामा रहेका विकृति निवारण गर्न ज्यानै तर्पेर तपस्या गरेका प्राध्यापक डा. गोविन्द केसीको एउटा माग चिकित्सा शिक्षा आयोगको गठन पनि थियो । डा. केसीको अनशन टुटाउन सरकारले पटकपटक गरेको सम्झौताका महत्त्वपूर्ण बुँदाहरूको अवज्ञा गरेर धोका दिए पनि आयोगको गठन भने ऐनमा पनि राखियो । चिकित्सा शिक्षा आयोगमा योग्य र इमानदार व्यक्ति चयन भएमा चिकित्सा शिक्षामा देखिएको विकृति अन्त्य गर्न प्रयास हुने अपेक्षा गर्न पनि सकिन्थ्यो । आयोगको उपाध्यक्ष चयन गर्न लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा समिति गठन गरिएपछि योग्य व्यक्तिको छनोट हुने आशा पनि पलाएको थियो । विडम्बना, सिफारिस गरिएका कसैको पनि ‘न्यूनतम योग्यता’ पुगेको रहेनछ । अनि सरकारको पालो ‘अयोग्य’हरूमध्ये पनि पुछारमा नाम भएका व्यक्तिलाई नियुक्त गरेछ । 

चिकित्सा शिक्षा आयोगजस्तो महत्त्वपूर्ण निकायको उपाध्यक्षमा न्यूनतम योग्यता नपुगेको व्यक्तिलाई लोकसेवाका अध्यक्षसमेत रहेको समितिबाट सिफारिस गरिनु अत्यन्त चिन्ताको विषय हो । यस्तो अभ्यासले व्यक्तिमात्र हैन संस्थाकै पनि साख गिर्छ । न्यूनतम योग्यताकै विषय विवादमा परिसकेपछि नियुक्त गर्ने निकायले पनि पुनर्विचार गर्नुपथ्र्यो । तर, ‘अयोग्य’हरूको योग्यताक्रम पनि उल्ट्याएर सबैभन्दा तल्लो क्रममा रहेका व्यक्तिलाई पो नियुक्त गरिएछ । शिक्षा आयोगको अध्यक्षमा नियुक्त गरिएका व्यक्तिले कहिल्यै शिक्षण गरेकै रहेनछन् । सार्वजनिक भएका जानकारीअनुसार उनको मूल योग्यता त शिक्षामन्त्रीको निकट कृपापात्र हुनु पो रहेछ । छनोट समितिमा निवेदन दिने अरू न्यूनतम योग्यता पुगेका व्यक्तिको समिति र व्यवस्थाप्रति कस्तो धारणा बन्यो होला ? ती योग्य विशेषज्ञहरूले राज्यका संयन्त्र र पदाधिकारीलाई विश्वास गर्न सक्लान् ? यति थाहा भइसकेपछि विवेक भएका नागरिकले छनोट समिति, सरकार र आयोगमा नियुक्त हुने व्यक्तिप्रति कस्तो धारणा बनाउलान् ?   

Prabhu Bank
Agni Group
NIC Asia

सम्बन्धित ऐनले तोकेको न्यूनतम योग्यता नै नभए पनि सिफारिस हुने भाग्यमानीहरूको विशेष योग्यता कम्युनिस्ट नेताहरूको कृपापात्र हुनुमात्र रहेछ । सत्तारुढ दलका नेतालाई मन लागेमा ऐनमा जे सुकै लेखिए पनि न्यूनतम योग्यता नभएकालाई पद बक्सिस दिन मिल्दो रहेछ । देशमा विधिको शासन भए त यस्तो नहुनुपर्ने हो । पक्कै पनि शिक्षामन्त्री यस ‘अवैध’ नियुक्तिका लागि दोषी छन् तर प्रधानमन्त्री पनि त्यसको उत्तिकै दोषभागी छन् । चिकित्सा शिक्षाको समस्या समाधान भएको छैन । डा. गोविन्द केसी पनि अझै सक्रिय र सजग नै छन् । यसैले आफ्ना कृपापात्रलाई नियुक्त गर्नेबित्तिकै ‘लडाइँ’ जितेको ठान्ने मूर्खता ‘मेडिकल माफिया’का मतियारले नगरून् । नहुने भइसकेपछि न्यूनतम योग्यतै नपुगेको हीनताबोध लिएर पदमा बहाल गर्नुभन्दा सम्बन्धित व्यक्ति नै पन्छिनु उचित हुन्थ्यो । तर, त्यस्तो आदर्श अवस्थाको अपेक्षा गर्न सायद सकिँदैन । यसैले चिकित्सा शिक्षामा विकृति नियन्त्रण होस् भन्ने चाहनेहरू पुनः सजग हुनुपर्ने अवस्था उत्पन्न भएको छ ।      


 

Global Ime bank

 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC