site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीन–अमेरिका विवादमा प्रचण्ड मुछिए 
Ghorahi CementGhorahi Cement

माओवादी हिंसात्मक विद्रोहको समयदेखि ‘कमरेड प्रचण्ड’ सधैँ कुनै न कुनै रुपमा चर्चामा रहन्थे । विस्तृत शान्ति सम्झौता र माओवादीको खुल्ला राजनीतिमा प्रवेशपश्चात पनि उनी कुनै न कुनै विवादमा अल्झिँदै आएका छन् । कहिले प्रधान सेनापतिको विषयमा उनी अल्झिए भने कहिले मार्सी चामलको विषयमा मुछिए । हालै आएर उनी स्वदेशीभन्दा विदेशी मामलामा बढी विवादित बन्न थालेका छन् । 

केही समयअघि उनले भेनेजुएलाको समर्थनमा अमेरिका सरकारको विरोध गरेका थिए । उनको भनाइ आउनेबित्तिकै तत्काल सबैतिरबाट तीव्र प्रतिक्रिया भयो । उनले आफूलाई झुक्याइएको भन्ने स्पष्टीकरण दिए । फेरि तुरुन्तै नेकपा (नेकपा) को आधिकारिक अडानअनुसार नै आफूले भेनेजुएलाको समर्थन गरेको भन्ने वक्तव्य दिए । सरकारले थामथुम गरेपछि त्यो विवाद त्यतिकै मत्थर भयो । त्यसपश्चात पुष्पकमल दाहाल ‘प्रचण्ड’ सपरिवार अमेरिका भ्रमणमा गए । अमेरिकी सरकारले उनलाई सहज प्रवेश र बहिर्गमनको अवसर दियो । उनको अमेरिकासँग सम्बन्ध सुध्रिएको अनुमान गरियो । 

अचानक चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला भएको भेटवार्तामा सत्तारुढ दलका अध्यक्ष ‘कमरेड प्रचण्ड’ले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको विषयमा गरेको टिप्पणी पुनः विवादास्पद भएको छ । गत साता नेपालका अधिकांश दैनिक पत्रिकाले वाङ यीको नेपाल भ्रमणभन्दा पनि दाहालले अमेरिकी रणनीतिलाई ‘तथाकथित’ भनेको र आफूलाई चीनसँग नजिक देखाउन खोजेको विषयलाई महत्त्व दिए । 

Agni Group

चिनियाँ विदेश मन्त्री वाङ यी भाद्र २२ गते आइतवार नेपाल आएका थिए । उनी नेपाल आएको समाचार सबै दैनिकले प्रथम पृष्ठमा प्रकाशित गरे पनि गोरखापत्रले करिब ६ कोलमको तस्बिरसहितको ब्यानर समाचार प्रकाशित गरेर सो भ्रमणलाई सरकारले दिएको महत्त्व देखायो । कान्तिपुरले भने भ्रमणलाई पाँच कोलमको मुख्य समाचारको स्थान दिए पनि नेपाल र चीनबीच कार्यान्वयनमा आउन बाँकी सम्झौताको विवरण दिएर समाचारको सन्तुलन मिलायो । समीक्षित दैनिकमध्ये नागरिक तथा नयाँ पत्रिकाले प्रथम पृष्ठको पुछारमा औपचारिक समाचार प्रकाशित गरेर आफ्नो जिम्मेवारी पूरा गरे । 

मंगलवारका पत्रिकाले पनि चिनियाँ विदेशमन्त्रीको समाचारलाई महत्त्वका साथ प्रकाशित गरे । मंगलवार नागरिकले यो समाचारको महत्त्व बढाएर तस्बिरसहितको मुख्य समाचार बनायो भने नयाँ पत्रिकाले अघिल्लो दिन जत्तिकै महत्त्व दियो । चीनसँग भएका सहमतिमध्ये मनाङमा अस्पताल बनाइदिने, पाँच हजार त्रिपाल नेपाललाई दिने र चिनियाँ भाषा पढाउन स्वयंसेवक पठाउने विषयलाई लिएर सामाजिक संजालमा अन्त्यन्त थोरै सहयोग आयो भन्ने टीकाटिप्पणी भयो । 

Global Ime bank

आफ्नो भ्रमण सकेर चिनियाँ विदेशमन्त्री मंगलवार स्वदेश फिर्ता भए तर उनको भ्रमणको तरंग बुधबार सुनियो जब चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘तथाकथित इन्डो प्यासिफिक रणनीतिलाई नेपालले अस्वीकार गर्छ’ भनेको जनाएको समाचार अंग्रेजी दैनिक द काठमाडौं पोस्टले प्रकाशित ग¥यो । बिहीवारको कान्तिपुरले सो सम्बन्धमा समाचार प्रकाशित गर्दै ‘बेइजिङको वक्तव्यप्रति अमेरिकी चासो’ शीर्षकमा समाचार बनायो । सो समाचारअनुसार बेइजिङबाट जारी भएको प्रेस वक्तव्यलाई लिएर नेपालमा रहेको अमेरिकी दूतावासले नेपाल सरकारको धारणाको माग गरेको छ । “चीनद्वारा जारी विज्ञप्तिमा भनिएझैँ नेपालले अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको हो भने बेइजिङबाट जारी विज्ञप्तिबाट हामीले नेपालको दृष्टिकोण थाहा पाउनु अचम्मलाग्दो भएको,” अमेरिकी दूतावासले भनेको छ । सो समाचारलाई कान्तिपुरले प्रथम पृष्ठमा महत्त्वका साथ प्रकाशित ग¥यो । 

दाहालको भनाइको समाचारलाई अन्नपूर्ण पोस्टले पनि महत्त्वका साथ प्रथम पृष्ठको उपल्लो समाचार बनायो । नागरिकले पनि सोही दिन प्रथम पृष्ठमा “अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल?” शीर्षकमा समाचार बनायो । यस विषयमा विश्लेषक विष्णु सापकोटालाई उद्धृत गर्दै नागरिक लेख्छ, “अहिलेको परिस्थितमा भारतलाई मात्र सन्तुलन गराएर सत्तामा पुग्ने अवस्था नरहेकाले चीनसँग पनि सन्तुलन मिलाउन दाहाल प्रयासरत छन् ।”
 
यही विषयलाई लिएर हिमालय टाइम्सले शुक्रवार मुख्य समाचार बनायो, ‘दाहाल फेरि विवादमा’ । सो समाचारमा प्रतिनिधि सभामा यस विषयमा भएको छलफलको विषय समावेश गरिएको छ । नेकपाकी सांसद पुष्पा भुषालले अमेरिकाले स्पष्टीकरण मागे नमागेको जवाफ स्पष्ट पार्न सरकारसँग आधिकारिक धारणा माग गरिन् । त्यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पनि सरकारले देखाएको कूटनीतिक अपरिपक्वताले नेपाल नै रहने कि नरहने भन्ने चुनौती खडा गरेको बताएका थिए । अन्नपूर्ण पोस्टले पनि सोही दिन ‘चुलिँदै अमेरिकी चासो’ शीर्षक दिएर अमेरिकी राजदूत ¥यान्डी बेरीले परराष्ट्र सचिव शंकर वैरागी दाहालसँगको भेटमा सो कुरा दोहो¥याएको सामग्री प्रकाशित गरेको छ । 

शनिवारको गोरखापत्रमा गोपाल खनालले ‘सैनिक गठबन्धनमा सामेल नहुने नेपाल नीति’ शीर्षकमा समाचार टिप्पणी लेख्दै नेपाल सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको भनाइ राखेर लेखे – “इन्डो प्यासिफिक नीतिबारे हाम्रा पूर्ववत् मान्यतामा कुनै विचलन र परिवर्तन आएको छैन । स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी मित्रराष्ट्र र अन्य मित्रराष्ट्रसँग आपसी हितमा सचेत भएर नै सरकारले व्यवहार गर्दै आएको छ ।”

आइतवारको पत्रिकामा यस विषयमा दाहालको प्रतिक्रिया आएको छ । शनिवार इलाममा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको र आफ्नो भूमि उसका विरुद्ध प्रयोग हुन नहिने प्रष्ट पारेको विषयलाई हिमालय टाइम्सले प्रथम पृष्ठमा मुख्य समाचार बनाएर प्रकाशित गरेको छ । उनले भने ¬¬– हामी कुनैपनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सहभागी हुँदैनौ । हामी असंलग्न रहन्छाँै । इन्डो प्यासिफिक सन्दर्भमा चीनविरुद्ध हुने कुनै गतिविधि सह्य छैन भनिएको पनि उनले प्रष्ट पारे । यो समाचारलाई गोरखापत्र, अन्नपूर्ण पोस्टले पनि सानो बनाएर प्रकाशित गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC