site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बालकको मृत्युपछि दाङ अस्पतालमा तनाव 
Ghorahi CementGhorahi Cement

दाङ । दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् । शनिबार बेलुकादेखि अस्पतालमा तनाव उत्पन्न भएको छ । सल्यानका एकजना बालकको उपचारका क्रममा अस्पतालले लापरबाही गरेको आफन्तले बताएका छन् ।
पिडित पक्षले नारावाजी गर्नुको साथै अस्पताल घेराउ गरेका छन् । त्यहाँ प्रहरीले पहरा दिइरहेको छ । 

राप्ती लाइफ अस्पतालले लापरबाही गरेपछि उपचारकै लागि बालकलाई भारत लगिएको थियो । उनको उपचारका क्रममा भारतमै मृत्यु भएको थियो । चार वर्षीय डिल्ली परियारको उपचारका क्रममा मृत्यु भएपछि उनका अभिभावकले अस्पताल घेराउ गरेका हुन् । परियारलाई पिशाव बन्द हुने समस्या थियो । राप्ती अस्पताल लैजानासाथ कुनैकुराको जाँच नगरी बालकलाई इन्जेक्सन दिइयो । बालकका आफन्त बेलमती परियारका अनुसार भिडियो एक्सरे, रगत जाँच जस्ता कुनै पनि कुरा भएनन् । सुई लगाएलगत्तै बालक अचेत भए । 

Agni Group

आमा अस्मिताले पनि कुनै चेकजाँच नगरी छिटो सुइ नलगाउन आग्रह गरेको बताइन् । तर उनको कुरा सुनिएन । बच्चा अचेत भएलगत्तै चिकित्सक आत्तिए । उपचारका लागि बाँके तत्काल लैजान सझाए । चिकित्सकले आफैँ एम्वुलेन्स बोलाइदिए । मेडिकल अफिसर डा. श्रीधर खड्का र एचए युवराज शर्मा पनि एम्वुलेन्समा सँगै गए । आमा अस्मिताको दाबीअनुसार त्यतिबेला उनको छोरा डिल्लीको मृत्यु भइसकेको थियो । तैपनि बाँकेको नर्सिंङ होममा लगियो । नर्सिङ होममा पुर्याउँदा बच्चाको स्वास ५० प्रतिसत मात्रै छ भन्ने जानकारी दिइयो । 

त्यसपछि बच्चालाई भेन्टिलेटरमा राखियो । पिडित बच्चाको आँखामा भने व्यान्डेज लगाइएको थियो । आफन्तलाई नजिकबाट हेर्न र भेट्नसम्म दिइएन । पिडित पक्षका अनुसार त्यहाँ ५ दिनसम्म त्यसैगरी उपचारको नाटकमात्रै गरियो ।  भदौ २७ गते नर्सिङ होमले थप उपचारको लागि भारतको लखनउ लैजान सुझायो । आमा अस्मिताले त्यसै गरिन् । साथमा आफन्त गुमानसिंह परियार पनि थिए ।

Global Ime bank

भारत लैंजादा पनि बालक डिल्लीको आँखामा पट्टि नै बाँधिएको थियो । भारतको राहात अस्पतालमा लगेलगत्तै डिल्लीलाई मृत घोषणा गरियो । त्यहाँ चिकित्सकले बालक डिल्ली परियारको निमोनिया  बिग्रिएको हुँदा मृत्यु भएको भन्ने जानकारी दिएको गुमानसिंह परियारले बताए ।  सुरुको गलत उपचारले बच्चा झनैं समस्यामा परेको भन्ने उनीहरुले त्यहीँ जानकारी पाएको बताएका छन् ।

त्यहाँबाट शनिवार एम्बुलेन्ससहित मृत बच्चालाई आमा अस्मिताले सोझै तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालमा ल्याएकी थिइन् । अस्पतालले गलत औषधि गरेकाले बालकको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गरेका थिए । उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै उनीहरुले अस्पताल घेराउ गरेका हुन् ।
तोडफोडको आशंका बढेपछि प्रहरीले पहरा दिनु परेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC